28.1 C
Kathmandu
Saturday, July 27, 2024

नेकपा एमाले पर्वतले गर्यो प्रदेश र संघमा उम्मेदवार सिफारिस (नामवली सहित)

पर्वत । नेकपा एमाले पर्वतले संघ र २ वटै निर्वाचन क्षेत्रका आकांक्षी उम्मेदवारको नाम सिफारिस गरेको छ । क्षेत्रीय भेला तथा बैठकहरुबाट सिफारिस भएर आएका नाम प्रदेशमा र जिल्ला कमिटी बैठकले संघमा उम्मेदवार सिफारिस गरेको हो ।
प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनतर्फका सम्भावित उम्मेदवारको रूपमा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना, एमाले केन्द्रीय सदस्य तथा पर्वत जिल्ला इन्चार्ज कल्पना चापागाईँ, प्रतिनिधिसभाका सदस्य पदम गिरी र प्रदेशसभा सदस्य विकास लम्सालको नाम सिफारिश गरिएको छ ।
प्रतिनिधिसभाको समानुपातिकतर्फ भने जिल्ला समन्वय समितिका निवर्तमान प्रमुखसमेत रहेका मनोहर विश्वकर्मा पौडेलको नाम सिफारिश गरी पठाइएको छ।

प्रदेशसभा निर्वाचन क्षेत्र १ को प्रत्यक्षतर्फका उम्मेदवारका रूपमा एमाले पर्वतका सचिव गोविन्द पहाडीसहित मेघनाथ सुवेदी, भक्तबहादुर कुँवर, प्रकाश लामिछाने, जुनादेवी नेपाली, शान्त पौडेल, यज्ञप्रसाद पौडेल, दाताराम चपाई, हरिओम शर्मा लामिछाने, प्रेम शर्मा पौडेल र विकास तिमिल्सिनाको नाम सिफारिश भएको छ।
समानुपातिकतर्फ प्रेमकुमार लामिछाने, मुगाकुमारी शर्मा, दुर्गाप्रसाद शर्मा, महेन्द्रकुमार जोशी, सुजन बि.क., सूर्यप्रसाद शर्मा र जङ्गबहादुर पुनको नाम सिफारिश गरेको एमाले स्रोत बताउँछ।प्रदेशसभा निर्वाचन क्षेत्र २ को प्रत्यक्ष उम्मेदवारका रूपमा मित्रलाल बस्याल, कमलप्रसाद भुसाल, सुन्दर भुसाल, बिन्दु अधिकारी र राजुप्रसाद पौडेलको नाम तथा समानुपातिकमा शारदाकुमारी शर्मा, कविता बि.क., झबिकला काफ्ले, पुष्पराज पौडेल, एकबहादुर हमाल, केसकुमारी दमिनी, तुलाकान्त सुनार र अनिलप्रसाद मास्केको नाम सिफारिश गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज