28.1 C
Kathmandu
Saturday, July 27, 2024

पर्वतमा अस्थायी र करारका कर्मचारी एकजुट,अध्यक्षमा शर्मा

पर्वत । पर्वत जिल्लाका विभिन्न कार्यालयमा कार्यरत अस्थायी, करार तथा ज्यादारीका कर्मचारी एकजुट भएका छन । अखिल नेपाल अस्थायी करार तथा ज्यालादारी श्रमिक संघमा आवद्ध हुनेगरी संगठित भएका हुन् । मंगलबार कुश्मा बजारमा भएको भलाले नगेन्द्र शर्माको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा लक्ष्मीदेवी शर्मा, सचिवमा राम रेग्मी, सहसचिवमा टंक वस्याल, कोषाध्यक्षमा विष्णु आचार्य चयन भएको संघका गण्डकी अध्यक्ष हरि पौडेलले जानकारी दिए ।

यस्तै सदस्यमा अज्जली माझी, प्रमेकुमारी कार्की, बाबुराम श्रेष्ठ, पुष्पा पौडेल, गंगादेवी शर्मा, इश्वर पुरी, यज्ञ सापकोटचा, पुर्णबहादुर क्षेत्री लगायत  चयन भएका छन् । पर्वतमा ४६ जना कर्मचारी बीच भएको भेलाले सर्वसम्मत नेतृत्व चयन गरेको हो । राजनीतिक भन्दा माथि उठेर आफ्ना समस्या समाधान गर्नु पर्छ भन्ने मान्यताले स्थापित संघमा सवै राजनीतिक दलमा आवद्ध कर्मचारीहरु सक्रिय छन । संघले अगुवाई गर्ने संस्थाको नामै फेरेर भएपनि देशभरमा काम गर्ने श्रमिकलाई राज्यको दायित्व भित्र पर्ने कामलाई अगाडि बढाउने योजनासमेत रहेको गण्डकी अध्यक्ष पौडलको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज