30.1 C
Kathmandu
Saturday, July 27, 2024

जिसस पर्वतका पदाधिकारीद्धारा सपथ तथा पदभार ग्रहण

पर्वत । जिल्ला समन्वय समिति पर्वतमा नवनिर्वाचित प्रमुख, उपप्रमुख र सदस्यहरुको सपथ तथा पदभार ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।
जिल्लाका तीन मुख्य राजनीतिक दलहरुको सहमतिमा जिल्ला समन्वय समितिका पदाधिकारी सर्वसम्मत चयन गरिएको हो । जसमा प्रमुख सहित चार सदस्य एमालेका, उपप्रमुख सहित २ जना माओवादीका र तीन सदस्य नेपाली काग्रेसका गरी ९ सदस्यीय जिल्ला समन्वय समिति निर्वाचित गरिएको हो ।
निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख विष्णुराम विकलाई मुख्य निर्वाचन अधिकृत बलराम त्रिपाठी र उपप्रमुख तथा सदस्यहरुलाई समन्वय प्रमुख विष्णुराम विकले सपथ खुवाउनुभएको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सपथ पछि जिल्ला समन्व्य समितिको कार्यालयमा पुगेर सवै जनाले पदभार ग्रहण गर्नुभएको हो । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटा र जिल्ला समन्वय अधिकारी सुरेश ढकालले टिका र खाँदा लगाएर पदभार ग्रहण गराउनुभएको हो ।

पदभार ग्रहण पछि आयोजित कार्यक्रममा बोल्दै नवनिर्वाचित प्रमुख विष्णुराम विकले जसरी जिल्ला समन्वय समिति बनाउन जिल्लाका सवै राजनीतिक शक्तिहरु एकठाउँमा उभिएर लोकतन्त्रको सन्देश दिनुभयो त्यसैगरी आगामी पाँच वर्षे कार्यकालमा निष्पक्ष भएर सवैलाई समन्वयकारी भूमिका खेल्ने बताउनुभयो । उहाँले पर्वत जिल्लाको विकास र समृद्धिका लागि आफु लगायत ९ जना सदस्यहरुले प्रभावकारी समन्वय गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।
उहाँले जिल्लाको विकासका लागि सवै राजनीतिक शक्तिहरु एकजुट हुनुपर्ने बताउँदै संघ, प्रदेश र स्थानीय सरकारबीचको समन्वय र सहकार्यमा जोड दिने उहाँको भनाई छ ।
कार्यक्रममा नवनिर्वाचित उपप्रमुख सोम जिसी, जलजला गाउँपालिकाका अध्यक्ष राजु आचार्य, नेकपा एमाले पर्वतका अध्यक्ष राजु पौडेल, नेपाली काँग्रेस पर्वतका उपसभापति शिव सुवेदी लगायतले जिल्ला समन्वय समिति सवै दलको अपनत्व हुनेगरी बनेको बताउँदै लोकतन्त्रलाई बलियो बनाउनका लागि सवै क्षेत्रमा यस्तै सहकार्यको आवश्यकता रहेकोमा जोड दिनुभएको थियो ।कार्यक्रमको संचालन जिल्ला समन्वय अधिकारी सुरेश ढकालले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज