30.1 C
Kathmandu
Saturday, July 27, 2024

जिसस पर्वतमा सबै निर्विरोध, प्रमुखमा एमाले र उपप्रमुखमा माओवादी

पर्वत/जिल्ला समन्वय समिति पर्वतमा प्रमुखमा नेकपा(एमाले) र उपप्रमुखमा गठबन्धनका उमेदवार निर्बीरोध निर्वाचित भएका छन ।
नेकपा(एमाले) र गठबन्धनका बिचमा सहमति भएपछि प्रमुख, उपप्रमुख र सदस्य सबै निर्वीरोध निर्वाचित भएका हुन ।
प्रमुख पदमा नेकपा(एमाले)का बिष्णुराम बिक र उपप्रमुखमा गठबन्धनको तर्फबाट माओबादी केन्द्रका सोम जिसी बिजयी भएका छन । सदस्य पदमा नेकपा(एमाले)का तर्फबाट दर्शन घले, गिता सुनार र केशुकुमारी सुबेदी तथा नेपाली कांग्रेसबाट बिजय क्षेत्री, निर्मला रेग्मी र सिता समुन्द्रीया तथा माओबादी केन्द्रका तर्फबाट हिमलाल पैनी निर्वाचित हुनुभएको छ ।
जिल्ला समन्वय समितिमा एमाले र गठबन्धनका बिचमा समान ७ मत रहेका कारण सर्वसम्मत उमेदवारी दिने सहमति भएको थियो । सहमति अनुसार प्रमुख र उपप्रमुखको टुंगो लगाउने क्रममा गोलाप्रथा हँदा एमालेको भागमा प्रमुख र गठबन्धनलाई उपप्रमुख परेको छ । प्रमुख पाउने पक्षले तीन सदस्य तथा उपप्रमुख पाउने पक्षले ४ सदस्य पाउने गरि सहमति भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज