25.1 C
Kathmandu
Saturday, July 27, 2024

जिल्ला समन्वय समिति पर्वतको प्रमुखमा विष्णुराम वि.क

पर्वत । जिल्ला समन्वय समिति पर्वतको प्रमुखमा नेकपा एमालेका विष्णुराम वि.क सर्वसम्मत निर्वाचित हुने निश्चित भएको छ । शुक्रबार मनोनयन दर्ताको समयमा गठबन्धन र एमाले विच भएको सहमति अनुसार वि.कलाई प्रमुखमा उम्मेदवार बनाउने निर्णय भएसंगै प्रमुख हुने निश्चित भएको हो । यस्तै समन्वयको उपप्रमुखमा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका सोम जिसीलाई उम्मेदवार बनाइने भएको छ । प्रमुख र उपप्रमुखको टुंगो लगाउँने क्रममा गोला प्रथाबाट एमालेको भागमा प्रमुख र गठबन्धनलाई उपप्रमुख परेको छ । सहमति अनुसार समतिको सदस्यमा बठबन्धनको तर्फबाट ४ र एमालेको तर्फबाट ३ सदस्य चयन गर्ने नेकपा एमाले पर्वतले जनाएको छ ।

जिल्ला समन्वय समितिको निर्वाचनमा जिल्ला भरका सवै पालिका प्रमुख तथा अध्यक्ष र उपप्रमुख तथा उपाध्यक्षले मतदान गर्न पाउने व्यवस्था छ । पर्वतमा एमालेका ७, कांग्रेसका ५ र माओवादीका २ गरी १४ जना जिल्ला सभा सदस्यहरु रहेका छन् । मतभार गठबन्धन तर्फ कांग्रेस र माओवादीको ७ र एमालेको पनि ७ भएकाले निर्वाचनमा मत बराबर हुने भएका कारण सहमतिमा समिति गठन गर्नु परेको बताइएको छ । पर्वतमा  समितिको निर्वाचन यहि जेठ ३१ गते तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज