28.1 C
Kathmandu
Saturday, July 27, 2024

जिल्ला समन्वय समिति पर्वतको प्रमुखमा विष्णुराम वि.क

पर्वत । जिल्ला समन्वय समिति पर्वतको प्रमुखमा नेकपा एमालेका विष्णुराम वि.क सर्वसम्मत निर्वाचित हुने निश्चित भएको छ । शुक्रबार मनोनयन दर्ताको समयमा गठबन्धन र एमाले विच भएको छलफलमा वि.कलाई प्रमुखमा सिफारिस गरिएसंगै प्रमुख हुने निश्चित भएको हो । यस्तै समन्वयको उपप्रमुखमा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका सोम जिसीलाई सिफारिस गरिएको छ । लामो समयको छलफल पश्चात गठबन्धन र एमाले विच जिल्ला समन्वय समिति सहमतिमा बनाउँने निर्णय भएको थियो । सहमति अनुसार समतिको सदस्यमा बठबन्धनको तर्फबाट ४ र एमालेको तर्फबाट ३ सदस्य चयन गर्ने नेकपा एमाले पर्वतले जनाएको छ । पर्वतमा जिल्ला समन्वय समितिको निर्वाचन यहि जेठ ३१ गते तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज