28.1 C
Kathmandu
Saturday, July 27, 2024

मोदी गाउँपालिकाको प्रवक्तामा कार्की

पर्वत । जिल्लाको मोदी गाउँपालिमा विषयगत समितिहरुको गठन भएको छ । नयाँ जनप्रतिनिधिहरुको आगमनसंगै बसेको कार्यपालिकाको वैठकले गाउँपालिकाको प्रवक्ताको जिम्मेवारी बेलबहादुर कार्कीलाई तोकेको छ ।

मोदी गाउँपालिका वडा न २ का वडाअध्यक्ष कार्कीलाई कार्यपालिकाको वैठकले प्रवक्ताको जिम्मेवारी तोकेको हो । उनी नेकपा एमालेको तर्फबाट वडा न २ बाट वडाअध्यक्षमा निर्वाचित भएका थिए । गाउँपालिकामा कार्यपालिकाको वैठकले विभिन्न विषयगत समितिहरुको समेत गठन गरेको छ ।

बजेट तथा सिमा निर्धारण समितिमा गाउँपालिका अध्यक्ष हीरादेवी शर्मा लाई जिम्मेवारी प्रदान गरिएको छ भने राजश्व परामर्श समिति, बजेट तथा कार्यक्रम तर्जुमा समिति, फोहोर मैला व्यवस्थापन कार्यदलको जिम्मेवारी उपाध्यक्ष विमल लामिछानेलाई जिम्मेवारी प्रदान गरिएको छ ।

यसैगरी पुर्वाधार विकास समितिको संयोजकमा टेक ब गुरूङ, आर्थिक विकास समितिमा लक्ष्मी विक, सामाजिक विकास समितिमा शुक ब गुरूङ, वन वातावरण तथा विपदमा देवेन्द्र ब क्षेत्री, संस्थागत विकास सेवा प्रवाह तथा सुशासनमा दुर्गा प्र शर्मालाई संयोजकको जिम्मेवारी प्रदान गरिएको प्रमुख प्रशासकीय अधिकृत किसान बहादुर क्षेत्रीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज