28.1 C
Kathmandu
Saturday, July 27, 2024

जिल्ला समन्वय समिति पर्वतको निर्वाचन जेठ ३१ मा

पर्वत, जेठ २२ । दोस्रो स्थानीय तहको निर्वाचनपछि पर्वतको पाँचौँ जिल्ला सभा शनिबार सम्पन्न भएको छ । सभाले जिल्ला समन्वय समिति ९ सदस्यीय बनाउने निर्णय गरेको छ ।

सभाले जिल्ला समन्वय समिति नौ सदस्यीय बनाउने निर्णय गरेको छ । नेपालको संविधान २०७२ का धारा, २२० को उपधारा, ३ बमोजिम एक प्रमुख, एक उपप्रमुख, कम्तीमा तीन महिला र कम्तीमा एक दलित वा अल्पसङ्ख्यकसहित नौ सदस्यीय जिसस को निर्वाचन गर्ने व्यवस्थाअनुरुप नौ सदस्यीय समिति रहने निर्णय गरिएको जिल्ला समन्वय अधिकारी सुरेश ढकालले जानकारी दिए ।

जिल्ला सभाले समिति ९ सदस्यीय बनाउने टुंगो लगाए संगै जिल्ला समन्वय समितिको निर्वाचन कार्यतालिक समेत सार्वजनिक भएको छ । जिल्ला समन्वय समितिको निर्वाचन आगामी जेठ ३१ गते सम्पन्न गर्ने गरि मुख्य निर्वाचन अधिकृतको कार्यालयले कार्यतालिका सार्वजनिक गरेको छ । समन्वय समितिमा उपप्रमुख र उपप्रमुख तथा सात जना सदस्यका लागि जेठ २७ गते उमेदवारी दर्ता गर्ने कार्यक्रम छ ।

जिल्ला समन्वय समितिमा नेकपा(एमाले)का ७ तथा गठबन्धनका तर्फबाट ७ जना मतदाता रहेका छन । दुबै पक्षको मत बराबर भएका कारण सहमतिको प्रयास नभएमा गोलाप्रथाबाट नै निर्वाचन परिणाम सार्वजनिक गर्नुपर्ने संभावना बढी रहेको छ । जिल्ला समन्वय समितिको प्रमुख पदमा  एमालेका तर्फबाट विष्णुराम बि.क,हर्कमान गुरुङ्ग,  र शिबलाल सार्की तथा गठबन्धनका तर्फबाट सोम जिसीको चर्चा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज