28.1 C
Kathmandu
Saturday, July 27, 2024

कार्यपालिका निर्वाचन- पर्वतका सातै स्थानीय तहमा एमालेको एकल विजय

पर्वत/पर्वतका स्थानीय तहका कार्यपालिकामा एमालेले जित निकालेको छ । सात स्थानीय तहमध्ये दुई पालिकामा प्रमुख र पाँच उपप्रमुखसहित ३३ वडाध्यक्ष जितेको एमालेले सबै स्थानीय तह कार्यपालिका निर्वाचनमा जित निकालेको हो ।

उपमेय मात्र जितेको कुस्मा नगरपालिकामा एमालेबाट दलित वा अल्पसङ्ख्यकतर्फ शिवलाल सार्की, गोपाल विश्वकर्मा, लखन सुनार, खुल्ला महिलातर्फ दुर्गा कुमारी शर्मा,सविता वि.क, रिता कुमारी वि.क, सुधा गुरुङ र विन्दु कुमारी पौडेल निर्वाचित भएका छन् ।

त्यस्तै मेयर र उपमेयर हारेका फलेवास नगरपालिकामा महिला तर्फ दुर्गा शर्मा, भगवती पौडेल , सावित्रा शर्मा, सुनिता शर्मा, कला नेपाली र खुल्ला दलित तथा अल्पसङ्ख्यक तर्फबाट नेत्र विश्वकर्मा, बाबुराम विश्वकर्मा, चन्द्रबहादुर नेपाली एमालेबाट कार्यपालिकामा निर्वाचित हुँदा एकल बहुमत भएको छ ।

त्यस्तै पैंयु गाउँपालिकामा महिलातर्फ शर्मिला नेपाली, चन्द्रकला न्यौपाने, उमादेवी बिक, मिठु क्षेत्री र दलित तथा अल्पसङ्ख्यक तर्फ फुलमाया बिक र वविता हिताङ्ग निर्वाचित भएका छन् ।

महाशिला गाउँपालिकामा खुल्लातर्फ विष्णुराम बिक, झलक नेपाली र महिला, दलित तथा अल्पसङ्ख्यकतर्फ जयकली मल्ल, निरु नेपाली, हुम कुमारी पौडेल क्षेत्री र गीता बिक निर्वाचित भएका छन् ।

जलजला गाउँपालिकामा खुल्लातर्फ बबी सुवेदी, माया कुमारी भुसाल, सुनिता खत्री, विमला बरुवाल खत्री र दलित तथा अल्पसंख्यकमा भीम बहादुर दमै र भीमसेन बहादुर बराइली निर्वाचित भएका छन् भने मोदी गाउँपालिकामा महिलातर्फ लक्ष्मी बिक, कृष्ण कुमारी मल्ल, शान्ता आले र सन्तोषी बिक तथा दलित तथा अल्पसङ्ख्यकतर्फ रिता सुनार बिक र डिलमाया नेपाली निर्वाचित भएका छन् ।

बिहादी गाउँपालिकामा महिलातर्फ माया बिक र तुलसी सुनार तथा दलित तथा अल्पसङ्ख्यकतर्फ यामकला नेपाली, कमला कुमारी परियार, सबिता गुरुङ, विष्णु भुसाल निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।

जिल्लाका कुनै पनि पालिकाको कार्यपालिका निर्वाचनमा गठबन्धन उम्मेदवार जित्न सकेनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज