30.1 C
Kathmandu
Saturday, July 27, 2024

पर्वतको महाशिलामा कार्यपालिका सदस्यमा एमालेका उमेदवार निर्वीरोध निर्वाचित

पर्वत/पर्वतको महाशिला गाउँपालिकाको कार्यपालिका सदस्य पदमा नेकपा(एमाले)का उमेदवार सर्वसम्मत निर्वाचित भएका छन ।
कार्यपालिका सदस्य पदको निर्वाचनमा नेकपा(एमाले)को तर्फबाट मात्रै उमेदवारी परेका कारण कार्यपालिका सदस्य निर्बीरोध निर्वाचित भएका हुन ।
कार्यपालिका सदस्यमा निर्वाचित सदस्य मध्येबाट एमालेका तर्फबाट चार जना महिला उमेदवार तथा खुल्ला तर्फ दलित तथा अल्पसंख्यकबाट पनि दुई जना सदस्य एमालेकै उमेदवारको मात्रै उमेदवारी परेको छ । ४ जना कार्यपालिका सदस्यमा गिता सुनार, हुम कुमारी पौडेल क्षेत्री , निरुमाया नेपाली र जयकाली मल्ल निर्वीरोध निर्वाचित भएका हुन भने दुई जना दलित तथा अल्पसंख्यक सदस्यमा बिष्णुराम बिक र झलक नेपाली निर्वाचित भएका हुन ।
महाशिलामा नेकपा(एमाले)का तर्फबाट गाउँपालिका अध्यक्ष, उपाध्यक्ष सहित २७ जना निर्वाचित भएका छन भने गठबन्धनको तर्फबाट एक वडा अध्यक्ष सहित ५ तथा राप्रपाका तर्फबाट एक जना सदस्य निर्वाचित भएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज