28.1 C
Kathmandu
Saturday, July 27, 2024

७ सय १५ वटा पालिकाको नजिता : कांग्रेस ३ सय १४, एमाले १ सय ९३ र माओवादी १ सय २० वटामा विजयी

काठमाण्डाै – पालिका चुनाव २०७९ अन्तर्गत अहिलेसम्म सात सय १५ वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको छ ।

कांग्रेस

दुई सय ६१ नगरपालिका र चार सय ५४ वटा गाउँपालिका गरी सात सय १५ वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक हुँदा नेपाली कांग्रेसले तीन सय १४ वटा पालिकाको प्रमुख पद जितेको छ । यस्तै कांग्रेसले दुई सय ९० वटा पालिकाको उपमेयर तथा उपाध्यक्ष पद जितेको छ ।

एमाले

दोस्रोमा रहेको नेकपा एमालेले नगरपालिका र गाउँपालिका गरी एक सय ९३ वटा पालिकाको प्रमुख र दुई सय आठ वटा पालिकाको उप–प्रमुख पदमा जित हासिल गरेको छ ।

माओवादी

तेस्रोमा रहेको नेकपा माओवादी केन्द्रले एक सय २० वटा पालिकाको प्रमुख तथा एक सय २८ वटा पालिकाको उपप्रमुख पद जितेको छ ।

जसपा

जनता समाजवादी पार्टीले २९ वटा पालिकाको प्रमुख र ३० वटा पालिकाको उपप्रमुख पद जितेको छ ।

एकीकृत समाजवादी

यस्तै नेकपा एकीकृत समाजवादीले १७ वटा पालिकाको प्रमुख र २१ वटा पालिकामा उपप्रमुख पद जितेको छ ।

लाेसपा

लोकतान्त्रिक समाजवादी पार्टीले १४ वटा पालिकाको प्रमुख र १० वटा पालिकाको उपप्रमुख पद जितेको छ ।

राप्रपा

राष्ट्रिय प्रजातन्त्र पार्टीले चार वटा पालिकामा प्रमुख र चार वटै पालिकामा उपप्रमुख पद जितेको छ ।

जनमाेर्चा

राष्ट्रिय जनमोर्चाले चार वटा पालिकाको प्रमुख र दुई वटा पालिकाको उपप्रमुख पद जितेको छ ।

अन्य/स्वतन्त्र

– नागरिक उन्मुक्ति पार्टीले चार वटा पालिकाको प्रमुख र तीन वटा पालिकाको उपप्रमुख पद जितेको छ ।

– जनमत पार्टीले दुई वटा पालिकाको प्रमुख र एउटा पालिकाको उपप्रमुख पद जितेको छ ।

– नेपाल मजदुर किसान पार्टीले एउटा नगरपालिकाको मेयर र उपमेयर जितेको छ ।

– विवेकशील साझाले एउटा पालिकामा प्रमुख र उपप्रमुख पद जितेको छ । जनप्रगतिशील पार्टीले एउटा पालिकाको प्रमुख र एउटा पालिकाको उपप्रमुख पद जितेकाे छ ।

– यस्तै स्वतन्त्र उम्मेदवारले १२ वटा पालिकाको प्रमुख र पाँच वटा पालिकाको उपप्रमुख पद जितेका छन् ।

निर्वाचन आयोगमा दर्ता भएका ७९ वटा दलमध्ये पालिका चुनाव २०७९ मा १३ वटा दलले पालिकाको प्रमुख र उपप्रमुख पद जितेर अस्तित्वमा आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज