25.1 C
Kathmandu
Saturday, July 27, 2024

एमाले मोदीको तिलहारमा वृहत चुनावी आमसभा सम्पन्न, उर्लियो जनसागर

पर्वत । मोदी गाउँपाािलका वडा नं ६ तिलहारमा एमालेको वृहत चुनावी आमसभा सम्पन्न भएको छ । एमाले मोदीका उम्मेदवारहरुको चुनावी प्रचारप्रसार अभियान अन्तर्गत आज तिलहारमा आमसभा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै नेकपा एमालेका केन्द्रिय सदस्य एवम पर्वत पार्टी इन्चार्ज कल्पना चपागाईले एमाले प्रतिको जनताको आर्कषणले पर्वतका सातै स्थानिय तहमा एमालेका उम्मेदवारहरुको जित सुनिश्चित भएको बताउँनुभयो । उहाँले नेकपा एमालेका उम्मेदवार सवल र सक्षम भएकाले अहिलेका संचेत जनताले एमालेका उम्मेदवारहरुलाई भारी मतले विजयी गराउँने बताउँनुभयो । चपागाईले देशमा राम्रो काम गर्ने जनताको एक मात्र पार्टी एमाले भएकाले दुविधामा नपरी सुर्यमा मतदान गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा बौल्दै मोदी गाउँपालिका अध्यक्ष पदका उम्मेदवार हिरा देवी शर्माले मोदी गाउँपालिकामा एमाले सरकार हुदाँ थुप्रै राम्रा कामको शुरुवात भएको र तिनलाई निरन्तरता दिन पनि एमालेका उम्मेदवार विजयी हुन जरुरी रहेको बताउँनुभयो । त्यस्तै कार्यक्रममा उपाध्यक्ष पदका उम्मेदवार विमल लामिछानेले शिक्षा,स्वास्थ्य ,रोजगारी, पर्यटन र पुर्वधार विकासका लागि एमालेका उम्मेदवारहरुलाई सुर्यचिन्हमा मतदान गरी अत्यधिक बहुमतले विजयी गराउँन अपिल गर्नुभयो ।

कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी सदस्य भक्त कुवर, मोदी गाउँपालिकाका अध्यक्ष एवम प्रदेश कमिटी सदस्य प्रेम शर्मा पौडेल वडा नं ६ का वडा अध्यक्षका उम्मेदवार नन्दलाल सुवेदी नेकपा एमाले मोदी गाउँपालिकाका सचिव हिमालाल सुवेदी लगायतले बोल्नुभएको थियो ।आमसभामा तिलाहारका मतदाताको उल्लेखिनिय उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज