28.1 C
Kathmandu
Saturday, July 27, 2024

जलजलाका एमाले उम्मेदवारहरुको घरदैलो कार्यक्रम सालिजामा सम्पन्न, मतदाता उत्साहित

पर्वत । नेकपा एमाले जलजला गाउँपालिकाका उम्मेदवारहरुको घरदैलो तथा चुनावी कोणसभा कार्यक्रम वडा नं ६ सालिजामा सम्पन्न भएको छ । गाउँपालिका अध्यक्षका उम्मेदवार लाल बहादुर अधिकारी, उपाध्यक्षका उम्मेदवार सुनिता जिसि लगायतका उम्मेदवारहरुले सालिजाका प्रत्येक घर घर पुगेर आफ्ना कुरा बुझाउँदै भोटको अपिल गरेका छन् । उनीहरुले सुन्दर र समृद्ध जलजला बनाउँन आफुहरुको उम्मेदवारी रहेको बताए ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष पदका उम्मेदवार लाल बहादुर अधिकारीले जलजला गाउँपालिका उर्भर भुमि भएको बताउँदै गाउँपालिका समृद्ध बनाउँन यहाँका बासिन्दालाई व्यवसायिक बनाउँनुपर्ने बताउँनुभयो । उहाँले भन्नुभयो,“जलजलाको माथिल्लो भागमा कृषि र पर्यटन व्यवसायको अत्यन्तै सम्भावना छ, यदि हामी निर्वाचित भएउँ भने कृषि क्षेत्रमा आधुनिकिकरण गरी यहाँका कृषकलाई व्यवसायिक बनाउँने छौ र कृषकले उत्पादन गरेका बस्तु सहजै खपत हुने वातवरण मिलाउने छौ ।” अधिकारीले जलजला गाउँपालिका भित्र रहेका पर्यटकिय स्थलहरुको व्यापक प्रचारप्रसार गरी पर्यटक भित्र्याई स्थानियलाई पर्यटन व्यवसायमा जोडने बताउँनुभयो ।

कार्यक्रममा उपाध्यक्षका उम्मेदवार सुनिता जिशिले समग्रह पालिका बासी महिला दिदिबहीनीहरुको क्षमता अभिवृद्धिमा जोड दिई आत्मनिर्भर बनाउँने बताउँनुभयो । उहाँले गाउँपालिका उपाध्यक्षमा आफु मात्रै महिला उम्मेदवार भएकोले पनि एमालेका उम्मेदवारहरुलाई विजयी गराउँन अनुरोध गर्नुभयो । चुनावी प्रचार अभियानमा नेता तथा कार्यकर्ताको उत्साहजन सहभागिता छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज