28.1 C
Kathmandu
Saturday, July 27, 2024

फलामखानीमा गठबन्धनको चुनावी घोषणापत्र सार्वजनिक,यस्ता छन् लोकप्रिय कार्यक्रम (पुर्ण पाठसहित )

पर्वत/पर्वतको महाशिला गाउँपालिका वडा नं. ६ फलामखानीमा संयुक्त गठबन्धनको तर्फबाट चुनावी घोषणापत्र सार्वजनिक भएको छ ।यहीँ मिति २०७९ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उक्त घोषणापत्र तथा प्रतिबद्धता पत्र बुधबार सार्वजनिक गरिएको हो । वडाको समग्र विकास र समृद्धिको लागि सकारात्मक, रचनात्मक र नतिजात्मक कार्यहरू सम्पन्न गर्ने पठोटका साथ चुनावी मैदानमा उत्रिएको गठबन्धनका साझा उमेदवार लक्ष्मण कुमार सुनारले जानकारी दिनुभयो । फलामखानीको शिक्षा,स्वास्थ्य,सडक, खानेपानी, बिद्धुत, कृषि,पर्यटन, रोजगार, वन, वातावरण, खेलकुद, कला संस्कृतिको संरक्षण र प्रवर्द्धन लगायतका प्रतिबद्धताहरु घोषणापत्रमा उल्लेख गरिएको सुनारले जानकारी दिनुभयो ।
घोषणापत्रमा वडामा संचालित योजनाहरु पूरा गर्ने, करको दर घटाउने, खानेपानीको सहज व्यवस्था गर्ने, वृद्धभत्ता थप गरि घरघरमै पुर्‍याउने, लुंखु-घन्तरी-फलामखानी-घण्टे सडक ५ बर्षभित्रमा कालोपत्रे गरिसकिने र नियमित बस संचालन गर्ने, युवा, दलित तथा महिलाहरूलाई सिपमुलक तलिम संचालन गरि रोजगार प्रदान गर्ने, पर्यटन प्रवर्द्धनमा जोड दिइने लगायतका कुराहरू उल्लेख गरिएको छ ।
फलामखानीमा सत्तारुढ दल नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी मिलेर संयुक्त गठबन्धनबाट चुनावमा उत्रिएका छन् । वडा अध्यक्ष पदको उमेदवार माओवादी केन्द्रबाट क्षेत्र बहादुर क्षेत्री, नेपाली काँग्रेसबाट दलित महिला सदस्यमा सुमित्रा नेपाली, महिला सदस्यमा लक्ष्मी बिक, खुल्ला सदस्यमा टौ प्रसाद घले र नेकपा एकीकृत समाजवादीबाट खुल्ला वडा सदस्यमा लक्ष्मण कुमार सुनार रहनुभएको छ ।

 

घोषणापत्रको पुर्ण पाठ….

स्थानीय निर्वाचन- २०७९ को लागि संयुक्त गठबन्धनको तर्फबाट फलामखानीको प्रतिबद्धता पत्र!
“सुशासन,कृषि,पर्यटन र रोजगार,फलामखानीको विकास र समृद्धिको आधार”
आदरणीय वडाबासी आमाबुबा दाजुभाइ तथा दिदिबहिनीहरुमा हार्दिक नमस्कार !

यहीँ मिति २०७९ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पर्वत जिल्लाको महाशिला गाउँपालिका वडा नं. ६ फलामखानीको वडा जनप्रतिनिधिका लागि संयुक्त गठबन्धनका साझा उमेदवारहरु यस वडाको समग्र विकास र समृद्धिको लागि सकारात्मक, रचनात्मक र नतिजात्मक कार्यहरू सम्पन्न गर्ने अठोटका साथ चुनावी मैदानमा उत्रिएका छौँ । यस क्षेत्रको शिक्षा,स्वास्थ्य,सडक, खानेपानी, बिद्धुत, कृषि,पर्यटन, रोजगार, वन, वातावरण, खेलकुद, कला संस्कृतिको संरक्षण र प्रवर्द्धनका लागि हाम्रा प्रतिबद्धताहरु यसप्रकार रहेका छन्:-
१)महाशिला गाउँपालिका वडा नं. ६ फलामखानीमा संचालित सबै योजनाहरु सम्पन्न गरिनेछ ।

२)सबै घरमा सहज रुपमा खानेपानी पुर्‍याइनेछ भने मुहानको खोजी गरि संरक्षण समेत गरिनेछ ।
३)वडामा बुझाउनुपर्ने सबै किसिमको कर शुल्क घटाउने र सिफारिस शुल्क स्थानीय सरकार संचालन ऐन २०७४ अनुसार रु.१० मात्र लिने ।
४)वडाको मुख्य सडक लुंखु-घन्तरी-फलामखानी-घण्टेदेउराली सडक ५ बर्षभित्रमा कालोपत्रे गरिनेछ ।
५)फलामखानी भित्रका सबै मोटरबाटोहरु स्तरोन्नति गर्ने र सडक पुर्‍याउन आवश्यक भएको ठाउँमा नयाँ मोटरबाटो पुर्‍याइनेछ ।
६)फलामखानीबाट पोखरा,कुश्मा लगायतका ठाउँका लागि नियमित बस सेवा संचालन गरिनेछ भने पालिका र वडाका लागि टेम्पो सेवा संचालन गरिनेछ ।
७)सामाजिक सुरक्षा भत्ता बापत सरकारले प्रदान गर्ने जेष्ठ नागरिक तथा एकल भत्ता विना कमिसन घरघरमा पुर्‍याइनेछ। साथै वृद्धभत्तामा गाउँपालिका तथा वडाबाट प्रति व्यक्ति १ हजार थप गरि वितरण गरिनेछ ।
८)जातीय विभेद तथा छुवाछूत मुक्त वडा घोषणलाई पुर्ण कार्यनयन गर्ने र जातीय विभेद गर्नेलाई कानुन अनुसार कारबाहीमा जोड दिनइनेछ ।
९)वडाका ३ वटा बिद्यालयमा बालमैत्री,प्रविधिमैत्री अनिवार्य, निशुल्क ,गुणस्तरीय र व्यावहारिक शिक्षा तथा अंग्रेजी माध्यमको पठनपाठनमा जोड दिइनेछ।
१०)बिद्यालयहरुमा आवश्यक शिक्षकको व्यवस्था गर्ने!
११)विद्यार्थीहरुलाई दिवा खाजाको व्यवस्था गरिनेछ ।
१२)फलामखानीमा सुविधा सम्पन्न स्वास्थ्य चौकी भवन निर्माण गर्न पहल गरिनेछ ।
१३)स्वास्थ्य चौकीमा डाक्टर र औषधि तथा उपकरणको अभाव हुन नदिइ प्रभावकारी स्वस्थ्य सेवामा जोड दिइनेछ ।
१४)वडाबासीको सहजताका लागि एम्बुलेन्स सेवा संचालन गरिनेछ ।
१५) वडाबासी जेष्ठ नागरिकहरुलाई महिनाको १ पटक घरमै पुगेर स्वास्थ्य परिक्षण गरि निशुल्क औषधिको व्यवस्था गरिनेछ ।
१६)दीर्घ रोगी, मुटु, क्यान्सर र प्रेसरका विरामिहरुलाई घरमै पुगेर निशुल्क औषधि वितरण गरिनेछ ।
१७)घण्टे बजार, थापाको चौर, हलोगाडे, कालिढुङ्गा पोक्निक स्पोट र घन्तरीमा फ्री वाइफाइको व्यवस्था गरिनेछ ।
१८)घण्टे देखि घन्तरीसम्मको मुख्य सडकमा सडकबत्ती जडान र प्रतीक्षालय तथा सार्वजनिक शौचालय निर्माण गरिनेछ ।

१९)घरेलु तथा साना उद्योगलाई अनुदानको व्यवस्था गरिनेछ भने उद्यमशिलतामा जोड दिदै मैनबत्ती,अगरबत्ति, साबुन बनाउने उद्योग संचालन गरि स्थानीयलाई आत्मनिर्भर र व्यावसायिक बन्न प्रोत्साहन गरिनेछ ।
२०)कृषि उत्पादन वृद्धिका लागि आधुनिकीकरण,प्रविधिकरण र विविधिकरणमा जोड दिने र कृषि उपज बिक्रीका लागि बजारको व्यवस्थापन गरिनेछ ।

२१)बाँझो जमिनलाई सदुपयोग गरि खेतीयोग्य बनाएर कृषि उत्पादनमा जोड दिइनेछ ।
२२)थापाको चौरको चियाखेतिलाई संरक्षण गर्दै माझाको बाटो, कालिढुँगा लगायतका अन्य ठाउँमा बिस्तार गरिनेछ, भने अलैंची खेती,अम्रिसो, अदुवा,बेसार लगायतको नगदेवालीको विस्तार गरिनेछ ।
२३)मौसम तथा बेमौसमी तरकारी तथा फलफुल खेती स्याउ,किबि, नस्पाती, खुरपानी र टिमुर खेतीको विस्तार गरिनेछ ।
२४) कृषकहरुलाई अनुदान सहित गाई भैसी, भेडाबाख्रा, कुखुरा, हाँस, कालिज लगायत पशुपंक्षी पालन व्यवसायमा जोड दिएर वडालाई दुध तथा मासुमा आत्मनिर्भर गराइ बाहिर समेत निर्यात गरिनेछ ।
२५)बाढी पहिरो नियन्त्रणका लागि वृक्षरोपणमा जोड दिइनेछ ।
२६)वडालाई सफा र सुन्दर बनाउन घर,गाउँ टोल तथा सार्वजनिक स्थलहरु सरसफाइ अभियान संचालन गरिनेछ ।
२७)स्थानीय कला,सांस्कृतिकको जगेर्ना, लोक नृत्य, पन्चेबाजा,भजनकृतन र जातीय पहिचान झल्किने पोसाकको संरक्षण गरिनेछ ।
२८)धार्मिक तथा पर्यटकीय स्थलहरु,मठ,मन्दिर, पाटीपौवा, चौतारी, पोखरी, ढुंगेधारा, कुवा लगायत ऐतिहासिक तथा पुरातात्त्विक सम्पदाको संरक्षण, प्रवर्द्धन र प्रचारप्रसार गरिनेछ ।
२९)राष्ट्रिय फुल लालिगुँरासको उचित संरक्षण गरिनेछ्,भने उक्त फुलबाट जुस समेत उत्पादन गरिनेछ ।
३०)पर्यटनको विकास र प्रवर्द्धनका लागि साबिकका ९ वटै वडामा आकर्षक सिडि सहितको पदमार्ग निर्माण, कालढुँगा,गढिको जुरा लगायतका क्षेत्रमा व्यवस्थित पिक्निक स्पोट निर्माण, प्यारागलाइडिङ, क्याम्पफाइर, योग स्थल निर्माण र वडाका विभिन्न गाउँमा होम स्टे संचालन लगायतका कार्यहरू गरिनेछ ।
३१)सामुदायिक वनको संरक्षण तथा व्यवस्थापन गर्दै वनको जमिन युवाहरूलाई सामुहिक रुपमा आयआर्जनका लागि निशुल्क उपलब्ध गराइनेछ ।
३२)उद्यमशिलताका कार्यक्रम संचालन गरि युवा तथा महिलाहरूलाई गाउँमै रोजगार उपलब्ध गराउने ।
३३)दलित तथा महिलाहरुलाई क्षमता विकास तथा चेतना अभिवृद्धि तालिम तथा कार्यक्रम संचालन गरिनेछ ।

३४)आमा समुह, युवा क्लब, बाल क्लब लगायतका सामाजिक संघसंस्थालाई सहयोग तथा प्रोत्साहन गर्ने र सामाजिक कार्यमा क्रियाशिल हुन प्रेरित गरिनेछ।

३५)अशक्त, असहाय तथा न्युनतम बिद्दुत महशुल तिर्न नसक्नेहरुलाई वडाको समन्वयमा निशुल्क गराइनेछ ।
३६)फलामखानी उत्खननमा बाहिरी चलखेल झोलामा खानी भिरेर हिड्ने प्रथाको अन्त्य गरि फलामखानीका जनता खानीका मालिक हुन भन्ने बिषयलाई राष्ट्रिय योजना आयोगमा पेस गरि फलामखानीको नाममा दर्ता गर्न पहल गर्ने ।
३७)घरबार बिहिन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासिहरुको लगत संकलन गरि लालपुर्जा वितरणको व्यवस्था गरिनेछ ।
३८)समाजलाई योगदान पुर्‍याएका समाजसेवी, बौद्धिक व्यक्ति,जेष्ठ नागरिक,सफल उद्यमी, लेखक, कलाकार तथा पत्रकारलाई प्रोत्साहन तथा सम्मान गरिनेछ ।
३९)हरेक टोलमा व्यवस्थित खेलमैदान निर्माण तथा वडा स्तरमा क्रीकेट मैदानको व्यवस्थापन गरि खेलाडीहरुलाई प्रशिक्षण,सम्मान तथा सहयोग गरिनेछ ।
४०)अति विपन्न परिवारलाई जनता आवास घरको व्यवस्था,जिर्ण भएका सामुदायिक भवनहरुको पुनर्निर्माण तथा सम्सानघाटहरुको आवश्यक व्यवस्थापन ।
४१)भ्रष्टाचार, कमिसनखोर, नातावाद, कृपावाद र सबै किसिमका गलत प्रवृत्तिको अन्त्य गरी विकास, समृद्धि र सु-शासनयुक्त फलामखानी निर्माणमा जोड दिइनेछ ।

“फलामखानीको विकासमा हाम्रो अठोट,यो चुनावमा गठबन्धनलाई तपाईको भोट ”
हामिलाई अमुल्य मत दिई बिजयी गराउनुहुन महाशिला गाउँपालिका वडा नं ६ फलामखानीबासी सम्पुर्ण (आमाबुबा,दाजुभाइ तथा दिदिबहिनीहरु)मतदाताहरुमा हार्दिक अनुरोध गर्दछौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज