25.1 C
Kathmandu
Saturday, July 27, 2024

महाशिला एमालेको घरदैलो भेटघाट तथा कोणसभा लंखुमा सम्पन्न

पर्वत । नेकपा एमाले महाशिलाका उम्मेदवारहरुको घरदैलो भेटघाट तथा कोणसभा कार्यक्रम तिब्र रुपमा अघी बढेको छ । यसै विचमा आज महाशिला गाउँपालिका वडा नं ५ लुंखुमा कोणसभा तथा भेटघाट कार्यक्रम समपन्न भएको छ । नेकपा एकालेका केन्द्रिय सदस्य एवं संघीय सांसद पदम गिरी, महाशिला गाउँपालिका अध्यक्षका उम्मेदवार इश्वरी भुषाल, उपाध्यक्षका उम्मेदवार धनसुवा वि.क वडा अध्यक्षका उम्मेदवार एक बहादुर हमाल लगायतका उम्मेदवारहरु वडा नं ५ लुंखुका विभिन्न टोलमा पुगेर घरदैलो तथा कोणसभा गरेका हुन् ।

कार्यक्रममा बोल्दै नेकपा एमालेका केन्द्रिय सदस्य एवं सांसद पदम गिरीले नेकपा एमालेको सरकार रहँदा देशमा विकासले गति लिएको बताउँदै विकास भएको देखन नसकेर गठबन्धनको नाममा झालजेल गरेर एमाले सरकार ढालेको आरोप लगाउँनुभयो । उहाँले अस्वभाविक गठबन्धन गरेर देउवाले सत्ता टिकाउने खेलमा लागेको भन्दै इमान्दार कार्यकर्ताहरुले सूर्य चिन्हमा मतदान गरी देउवाको स्वच्छाचारीतालाई उत्तर दिनुपर्ने बताउँनुभयो । गिरीले पर्वत जिल्लामा एमालेले नेतृत्व गरेका स्थानिय तहमा हरेक क्षेत्रमा विकासले फड्को मारेको बताउँदै फेरी पनि विकास चाहने जनताले सुर्यमा मतदान गरी एमालेका उम्मेदवारहरुलाई विजयी गराउँन अनुरोध गर्नुभयो ।

यस्तै कार्यक्रममा बोल्दै महाशिला गाउँपालिका अध्यक्षका उम्मेदवार इश्वरी भुषालले आफुले महाशिला गाउँपालिकालाई सुन्दर र समृद्ध बनाउँने परिकल्पना गरेको बताउँदै परिकल्पना साकार पार्न एमालेका उम्मेदवार विजयी हुनुपर्ने बताउँनुभयो । उहाँले महाशिला गाउँपालिका भित्र रहेका स्रोत साधनलाई भरपुर प्रयोग गरेर रोजगारीका लागि विदेशीयका युवालाई दिगो रुपमा स्वदेशमै स्वरोजगारको व्यवस्था मिलाउँने बताउँनुभयो ।

कार्यक्रमा नेकपा एमाले पर्वतका जिल्ला सदस्य एवम वडा नं ५ का  वडाअध्यक्ष जिवन उच्चै ठकुरीले महाशिला गाउँपालिकाले ५ वर्षमा गरेका कामहरुको  र जिल्ला कमिटी सदस्य चन्द्र बहादुर क्षेत्रीले पार्टीको धारणको बारेमा जानकारी दिनुभएको थियो ।
कार्यक्रममा उपाध्यक्षका उम्मेदवार धनसुवा वि.क, वडा अध्यक्षका उम्मेदवार एक बहादुर हमालले एमालेका उम्मेदवारलाई जिताउँन अपिल गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज