30.1 C
Kathmandu
Saturday, July 27, 2024

पर्वतको फमखानीमा विभिन्न पार्टी परित्याग गरि एक दर्जन नेता कार्यकर्ता एमाले प्रवेश

पर्वत । विभिन्न पार्टी परित्याग गरी महाशिला गाउँपालिका वडा नं ६ फलमखानीमा एक दर्जन नेता तथा कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । चुनावी प्रचार अभियान अन्तर्गत फलमखानीमा भएको कार्यक्रममा महाशिला गाउँपालिका अध्यक्ष पदका उम्मेदवार इश्वरी भुषालले कांग्रेस तथा समाजवादी पार्टी परित्याग गरेर आउँनेलाई अविर खादा लगाएर एमाले प्रवेश गराएका हुन् ।

एमाले प्रवेश गर्नेमा फलामखानीका तारा वि.क,खैसरा वि.क, खडका वि.क, ओम बहादुर वि.क, रामे वि.क, मन बहादुर वि.क र दिपक सुनार लगायतका नेता तथा कार्यकर्ता रहेका छन् ।वर्तमान सरकारले जनताको मनोभावना अनुसार काम गर्न नसकेको उनीहरुको भनाई छ । उनीहरुले अहिलेको अवस्थामा देश र जनताको लागि एमाले पार्टी नै ठिक रहेको बताए ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष पदका उम्मेदवार इश्वरी भुषालले अहिलेको सरकार काम चलाउँ र जालझेलको सरकार भएको बताउँदै यस सरकारबाट जनताले केही आसा गर्न नसकिने बताउँनुभयो । उहाँले एमालेको सरकार रहदा देशमा धेरै विकास भएकाले आसन्न स्थानिय तहको निर्वाचनमा महाशिला गाउँपालिकाको विकास र समृद्धिका लागि सुर्य चिन्हमा मतदान गरी एमालेका उम्मेदवारहरुलाई विजयी गराउँन आग्रह गर्नुभयो । उहाँले फमलमखानी पर्यटकीय हिसावले अत्यन्त सम्भावना बोकेको ठाउँ भएकाले आफ्नो टिमलाई निर्वाचित गराएमा फलमखानीलाई पर्यटकिय हव बनाउँने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । नेकपा एमाले महाशिला यतिबेला चुनाव प्रचारप्रसार अभियान अन्तर्गत घरदैलो कार्यक्रममा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज