25.1 C
Kathmandu
Saturday, July 27, 2024

एमाले महाशिलाका उम्मेदवार पोखरामा बसोबास गर्ने मतदाता भेटघाटमा व्यस्त

 

पर्वत । नेकपा एमाले महाशिलाका उम्मेदवारले पोखरामा रहेका आफ्ना मतदाता संग भेटघाट गरेका छन् । शनिबार महाशिला गाउँपालिका अध्यक्ष पदका उम्मेदवार इश्वरी भुषाल,वडा नं ५ लुंखुका वडा अध्यक्षका उम्मेदवार एक बहादुर हमाल लगायतका उम्मेदवार तथा नेताले मतदाता संग भेटघाट गरेका हुन् ।महाशिला स्थायी घर भई पोखरा बसोबास गर्दै आएका महाशिला बासी संगको भेटघाट कार्यक्रममा गाउँपालिका अध्यक्षका उम्मेदवार भुषालले जो जहाँ वसे पनि आफ्नो जन्मभुमिको विकास भएको हेर्न चाहने इच्छा हुने हुदा महाशिलाको विकास र समृद्धिका लागि नेकपा एमालेका उम्मेदवारहरुलाई मतदान गर्न अपिल गर्नु भयो । उहाँले महाशिला गाउँपालिकामा एमालेको सरकार हुदाँ थुप्रै राम्रा कामको शुरुवात गरेको र अधुरा रहेका कामलाई सम्पन्न गर्नको लागि पनि आफुहरु निर्वाचित हुनुपर्ने बताउँनुभयो । भुषालले शिक्षा,स्वास्थ्य,पर्यटन,कृषि र पुर्वधारको विकास  सहित महाशिला गाउँपालिकालाई सुन्दर पालिका बनाउने प्रतिबद्धता गर्दै सुर्य चिन्हमा मतदान गरी अत्यधिक बहुमले विजयी गराउँन मतदात समक्ष अपिल गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज