25.1 C
Kathmandu
Saturday, July 27, 2024

कुश्मा नगरपालिकामा गठबन्धनको घरदैलो अभियान पाङबाट शुरु

पर्वत-  पर्वतको कुश्मा नगरपालिकामा संयुक्त गठबन्धनको तर्फबाट नगरप्रमुख र उप्रमुखको उम्मेदवारहरुले आजबाट संयूक्त भेला तथा घरदैलो अभियान शुरु गरेका छन् । जिल्लाको धार्मिक तथा ऐतिहाँसिक स्थल पार्वतीको जन्मभूमी पाङबाट चुनावी अभियान शुरु गरिएको हो । उम्मेदवारहरुले पार्वती गुफा र मन्दिरको दर्शन गरेर चुनावी अभियानमा सहभागी भएका थिए ।कुश्मा नगरपालिकाका नगरप्रमुखका उम्मेदवार रामचन्द्र जोशी, उपप्रमुखका उम्मेदवार शंकर गिरी, वडाध्यक्षका उम्मेदवार खगराज पौडेल सहित वडाका सदस्य पदका उम्मेदवारहरु, नेपाली काँग्रेस, नेकपा माओबादी, नेकपा एकिकृत समाजबादी लगायतका दलका नेताहरु समेत अभियानमा सहभागी हुनुभयो । कुश्मा नगरपालिकाको समृद्धि र विकासका लागि अवको पाँच वर्ष कुश्मा नगरपालिकामा संयुक्त गठबन्धनको नेतृत्व आवश्यक रहेको उनीहरुले मतदाता समक्ष जानकारी दिएका छन् । कुश्मा नगरपालिकाका संस्थापक प्रमुख समेत रहेका उम्मेदवार रामचन्द्र जोशीले अघिल्लो कार्यकालमा शुरुवात गरेका कामहरु अपूणर् रहेका र ति योजनाको पूणर्ताका लागि फेरि जनता समक्ष मत माग्न आईपुगेको बताउनुभएको थियो ।

नगर उपप्रमुखका उम्मेदवार शंकर गिरीले कुश्मा नगरपालिका संभावनाकै संभावनाको स्थल रहेको चर्चा गर्दै कुश्मा नगरपालिकाको सन्तुलित विकासका लागि लोकतान्त्रिक बाम गठबन्धनले जित्नुपर्ने बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज