30.1 C
Kathmandu
Saturday, July 27, 2024

एमाले फलेवासको प्रचार अभियान शुरु

नेकपा एमाले फलेवास नगर कमिटीले नगरपालिकाको सवै भन्दा अग्लो स्थानबाट स्थानीय तह निर्बाचनको प्रचारप्रसार तथा घरदैलो अभियान शुरु गरेको छ । नगर कमिटीले विहिबार फलेवास नगरपालिका ११ पाङराङको सुलिकोटमा अवस्थित शिद्धबराह मन्दिरबाट अभियान शुरु गरेको हो ।
अभियानको नेकपा एमाले केन्द्रीय सदस्य तथा पर्वत जिल्ला इञ्चार्ज कल्पना चापागाईले औपचारिक रुपमा शुभारम्भ भएको घोषणा गर्नु भएको हो । कार्यक्रममा बोल्दै चापागाईले नेकपा एमाले पर्वतले विगतको विरासतलाई कायम राख्दै जिल्लाका अन्य पालिका तथा वडाहरुमा सोचेभन्दा धेरै स्थानमा सफलता हासिल गर्ने दाबी गर्नुभयो । चापागाईले मुलुकमा समृद्धिका लागि नेकपा एमालेले महत्वपूणर् भूमिका खेलेको स्मरण गराउँदै ओली सरकारको पालामा भएका उपलब्धि र योजनाहरुले नेकपा एमालेको मुलुकभरका एजेण्डाहरु भएको बताउनुभयो ।

कार्यक्रममा प्रदेश सांसद तथा गण्डकी प्रदेश सरकारका पुर्व पर्यटन मन्त्री विकास लम्सालले तल्लो तह सम्मको विकासका लागि एमालेले अघि सारेका एजेण्डा र प्रतिबद्धताहरु देखेर विपक्षीहरु आत्तिएको बताउँदै विगतका अधुरा कामहरु पुरा गर्न र गाउँ विकासमा समृद्धिको ढोका उघार्नका लागि एमालेबाट प्रतिनिधित्व गर्ने उम्मेदवारहरुलाई जिताउन आग्रह गर्नुभयो ।
कार्यक्रममा नेकपा एमाले पर्वतका अध्यक्ष राजु पौडेलले जिल्लाको समग्र विकासका खातिर एमाले दिन रात नभनि लागि परेको बताउँदै समृद्धि भित्राउन का लागि एमालेको सूर्य चिन्हमा मत जाहेर गर्न आग्रह गर्नु भएको थियो । उहाँले एमालेको शक्ति र एमाले प्रति जनताको माया र सद्भाव देखेर विभिन्न दलहरु गठबन्धन गरेर अघि सरेको बताउँदै एमाले हराउने मुख्य योजना बोकेर हिड्नेहरुको विश्वास नगर्न समेत आग्रह गर्नुभयो ।
कार्यक्रममा मेयरका प्रत्यासी पदमपाणी शर्माले फलेवास नगरपालिकालाई पर्यटकीय हिसावले अब्बल सावित गर्न चुनावी अभियान पर्यटकीय स्थलबाट नै शुभारम्भ गरिएको बताउनुभयो । उहाँले यस अघिको कार्यकालमा समेत आफुले पर्यटन, कृषि, पुर्वाधार, स्वास्थ्य, शिक्षा लगायतका सवै क्षेत्रमा धेरै कामहरु गरेको र कतिपय कामहरु अधुरै रहेकाले ती कार्यहरुलाई सम्पन्न गर्नका लागि पुन आफु नगर प्रमुखको प्रत्यासीका रुपमा जनता माझ आएको बताउनुभयो ।
२ हजार २ सय ६६ मिटर उचाईमा रहेको सुलिकोट स्थित सिद्ध बराह मन्दिर १७०२ सालमा बनेको किम्बदन्ती छ । तत् समयमा भुरे टाकुरे राजाहरुले राज्य गरेको र उक्त स्थानमा आश्रयस्थल बनाएर बसेको किम्बदन्ती समेत रही आएको छ । फलेवास नगरपालिकाले पदमपाणी शर्माकै नेतृत्वमा पर्यटन मन्त्रालय गण्डकी प्रदेश समेतको सहयोगमा उक्त स्थानमा मन्दिरको जिणर्ोद्धार गर्ने र पदमार्ग निर्माण गर्ने कार्य सम्पन्न गरेको छ ।
कार्यक्रममा उप मेयरका प्रत्यासी मञ्जु अधिकारीले विगतका अधुरा कार्यहरुलाई पूणर्ता दिँदै फलेवास नगरपालिकामा समृद्धि भित्राउनका लागि आफु पुन उम्मेदवार बनेको बताउनुभयो ।
अभियान शुभारम्भका क्रममा पाङराङका स्थानीय युवा रुद्र बरालले गाउँका समस्याहरु प्रस्तुत गर्नु भएको थियो । नगर कमिटी अध्यक्ष देवीप्रसाद तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न भएको थियो । ११ वडा रहेको फलेवास नगरपालिकामा एमालेले प्रत्येक मतदातालाई भेटेर अनुरोध गर्ने गरी चुनावी रणनीति अघि सारेको छ । फलेवासमा नेपाली कांग्रेस र माओवादी सहितको गठबन्धनका उम्मेदवारहरुले समेत प्रचार अभियान जारी राखेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज