26.1 C
Kathmandu
Saturday, July 27, 2024

कांग्रेस महाधिवेशन : बेलुकी ८ बजेसम्म ३५ सय मत खस्याे

काठमाण्डाै – नेपाली कांग्रेसको १४ औँ महाधिवेशनका लागि आज सोमवार भइरहेको मतदानमा तीन हजार पाँच सय आठ मत खसेको छ । आज दिउँसो १२ बजेदेखि सुरु भएको मतदानमा अहिलेसम्म तीन हजार पाँच सय आठ मत खसेको हो ।

महाधिवेशनमा एक सय ३२ पदका लागि चार सय ८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । कांग्रेसले मतदान गर्नका लागि राष्ट्रिय सभा गृहमा एक ठाउँ र भृकुटीमण्डपमा दुई ठाउँमा व्यवस्था गरेको छ ।

कांग्रेसका नेता कुलबहादुर गुरुङले पहिलो मत खसाल्नुभएको थियो । एक जना प्रतिनिधिलाई मतदान गर्न झन्डै आधा घण्टा समय लाग्ने जनाइएको छ ।

कांग्रेस विधानअनुसार एक सय ६७ सदस्यीय कार्यसमितिमध्ये एक सय ३४ पदमा चुनाव हुने र बाँकी ३३ सदस्य केन्द्रीय सभापतिबाट मनोनित हुने व्यवस्था छ । १४ औँ महाधिवेशनमा प्रतिनिधिको सङ्ख्या चार हजार सात सय ४३ रहेको छ ।

आज बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान समय तोकिएकोमा बिहान मतदान सुरु हुन ढिला भएपछि बेलुका ९ बजेसम्मका लागि समय थपिएको निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिनुभयो ।

यस्तै मतदान चलिरहँदा पनि मतपत्र सकिएर केहीबेर मतदान रोकिएको थियो । उम्मेदवार धेरै हुँदा मतदानका लागि एक जनाले आधा घण्टाभन्दा धेरै समय लगाउने गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज