25.1 C
Kathmandu
Saturday, July 27, 2024

महाधिवेशनमा धेरै मानिस जम्मा गर्दैनाैँ, नागरिकलाई दुःख दिँदैनाैँ : देउवा

काठमाण्डाै – प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशमा कोरोना महामारी कायमै रहेकाले पार्टीको १४ औँ महाधिवेशनमा धेरै मानिस जम्मा गरेर शक्ति प्रदर्शन नगर्ने बताउनुभएको छ ।

आज साेमवार प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस बिटमा समाचार लेख्ने सञ्चारकर्मीसँग कुरा गर्दै सभापति देउवाले महाधिवेशनको उद्घाटनमा नागरिकलाई दुःख दिने गरी भिडभाड नगर्ने बताउनुभएको हो । कांग्रेसको १४ औँ महाधिवेशन यही मङ्सिर २४ देखि २६ गतेसम्म काठमाण्डाैमा हुँदैछ ।

प्रधानमन्त्री देउवाले आफूले पार्टीको विधानअनुसार एक पटक फेरि सभापतिमा उम्मेदवारी दिने बताउँदै सहयोगका लागि सञ्चारकर्मीलाई आग्रहसमेत गर्नुभयो । उहाँले आफू प्रधानमन्त्री पनि रहेको र एक पटक फेरि सभापति जितेमा अझै राम्रो गर्ने उल्लेख गर्नुभयो ।

आफू अहिले गठबन्धनका तर्फबाट प्रधानमन्त्री रहेको अवस्थामा फेरि सभापति हुँदा पार्टी र सरकारले राम्रो गर्ने उहाँको भनाइ थियो । साथै उहाँले आफू सभापति बन्ने यो मौका अन्तिम पटक भएको र त्यसपछि विधानले नै सभापति बन्न रोक्ने अवगत गराउनुभयो ।

प्रधानमन्त्री देउवाले फरक प्रसङ्गमा सत्ता गठबन्धन दलहरूबीच चुनावी गठबन्धन तत्काल राष्ट्रिय सभा सदस्य चुनावसम्मका लागि तय भएको र बाँकी चुनावमा के गर्ने भन्ने सम्बन्धमा छलफल हुन बाँकी रहेको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज