25.1 C
Kathmandu
Saturday, July 27, 2024

मुख्यमन्त्री शाहीले भोलि मन्त्रिपरिषद् विस्तार गर्ने, यी व्यक्ति हुने बन्ने मन्त्री

काठमाडौं १७ कात्तिक । कर्णाली प्रदेश सरकारको नयाँ मुख्यमन्त्रीमा नेपाली काँग्रेसका जीवनबहादुर शाहीले  मंगलवार राति पद तथा गोपनीयताको सपथ लिएका छन्। प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले शाहीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । शाहीले १६ महिना प्रदेश सरकारको नेतृत्व गर्नेछन् । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी सहितको गठबन्धनको समर्थनमा शाही मुख्यमन्त्री बनेका हुन् ।

आज शपथ ग्रहण गरेका शाहीले बुधबार मात्र मन्त्रीमण्डल गठन गर्ने बताइएको छ । मन्त्रालयको भागबण्डामा गठबन्धनका दलहरुबीच सहमति हुन बाँकी छ ।  मंगलबार प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी समक्ष मुख्यमन्त्रीका लागि दाबी प्रस्तुत गरेका उनलाई कलौनीले शाहीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

शाहीले नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीको समर्थनमा नेपालको संविधान २०७२ को धारा १६८ २ अनुसार मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

यसअघि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सोमबार पदबाट राजीनामा दिएसँगै उनलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको थियो । गत वैशाख ३ मा विश्वासको मत लिँदै गर्दा भएको सहमति अनुसार महेन्द्रबहादुर शाहीले उनलाई सहज रूपमा सत्ता हस्तान्तरण गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज