इन्जिनियरिङ शिक्षा देसमा कति उपयोगी र यसका तन्तुहरु

41

इन्जिनियरिङ शिक्षाको उपादिएता र यस्का तन्तुहरु

देसमा प्रचुर अवसरका सम्भावना छन भनेर सकारात्मक भाव हुने पढालेखा र राजनीतिक नेताहरुले पनि भन्दै आएको कुरा हो तर काम कुरा एकातिर कुम्लो बोकी ठिमितिर भनेझै को अवस्था छ , राष्ट्रिय योजना आयोग देसमा भएपनी खासै महत्त्वपूर्ण कार्यक्रम ल्याउन सकेको पाइदैन न योजनाकै देख्ने महसुस हुनेगरी कार्यान्वयनमा गएको देखिन्छ ।
लोकतन्त्रपछी खुल्ला अर्थ ब्यबस्था नितिले केही छेत्र , सञ्चार , यातायात र उद्योग र पुर्बाधार निर्माणमा महत्त्वपूर्ण परिवर्तन देखिए पनि त्यसले रोजगारीको छेत्रमा खासै भुमिका खेल्न नसकेको प्रतीत हुन्छ , हिजो वैदेशिक रोजगारीमा खाडी मलेसिया र युरोपेली देस पुग्नेहरु भन्दा अस्ट्रेलिया, क्यानडा , अमेरिका र युरोप पुग्ने विद्यार्थीहरुको सङ्ख्या ज्यादा देखिन्छ । लोकसेवा आयोगको तयारीमा काठमाडौं आउनेको सङ्ख्यामा बढोत्तरी आएपनी त्यहाँबाट पनि राज्यको लागि महत्त्वपूर्ण योगदान कती भएको छ त्यसको आकलन गर्ने निकायको प्रभाव देखिदैन । बिश्वबिद्धालय बेरोजगार उत्पादन केन्द्र मात्रै भएको होइन ती समय सान्दर्भिक जनशक्ति उत्पादनमा कमजोर छन ।
मैले एक पटक हाम्रै प्रतिस्ठानका लागि योग्य जनशक्तिको लागि इलेक्ट्रोनिक्स इन्जिनियर माग गरे तर ११ जनालाइ अन्तरबार्ता लिए पनि धेरै जसो संबंधित प्राबिधिक ज्ञानमा जानकार देखिएनन , यहाँ सम्म कि पुर्ण छात्रवृत्ति पाएका पनि सैद्धान्तिकमै पनि कमजोर देखिएपछि मैले काठमाडौंकै चर्चित इन्जिनियरिङ क्याम्पस प्रमुखसङ्ग जिज्ञासा् राखे उन्ले पनि कारण अर्कोतिर सारिदिए त्यस्तै बुटवलमा एक जना इलेक्ट्रीकल ओभरसियरलाइ ट्रान्सफरमर , करेन्ट र भोल्टेज बिचको फरक , एसि-डिसिको अन्तर सोध्दा पनि चुप लागे , ब्यबहारिक रूपमा सबल हुनुपर्ने शिक्षा यो हालतबाट गुज्रिएको छ भने मेडिकल छेत्र कस्तो होला ? जाच पडताल आवश्यक छ । स्वदेशकै लागि पनि आवश्यक हुने दक्ष जनशक्ति उत्पादनको हालत यस्तो छ भने ती दक्ष भनेका बिदेश गएपछि के गर्लान ? नेपालको शैक्षिक गुणस्तरको बारेमा अवस्य प्रश्न गर्नेछन । ब्रीज कोर्शको रूपमा पढाउने कन्सल्टेन्सीले विद्यार्थीलाई सबै बिषयको भिजन स्पष्ट रूपमा राखिदिने र अवसरका बारेमा स्वतन्त्र रूपमा जानकारी गराएको पाइदैन , तमाम बिशय मध्य कुनको स्वदेशमा अवसर छ र कुनको बिदेशमा आवश्यकता ? त्यसको बारेमा न विद्यार्थी सक्षम छ्न न अभिभावक नै । सरकारी नियमन निकाय पनि परिणामको मापन हेरेर सुधार ल्याउने प्रयत्न गर्दैन , यसरी नै चलेको छ भनेर लाचार व्यक्त गरिरहन्छ र आफुलाइ श्रोतकै खाचो औल्याइरहन्छ । म भन्छु अहिले राम्रो शिक्षा लिएपछि जहाँ गए पनि दुनियाँ खुला छ जहाँ आफ्नो भबिस्य उज्वल हुन्छ उहीँ पुग्न सकिन्छ । देस आर्थिक रूपमा सबल होला र रोजगारी पाइएला भनेर कस्ले कुर्छ ?
अस्तु :
– सागर पाण्डेय

[sidebar name="After post"]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here