25.1 C
Kathmandu
Saturday, July 27, 2024

दोहोरी गित प्रतिष्ठान पर्वतले राख्यो,पर्वत प्रवेशद्धार नयाँपुलमा स्वागत बोर्ड

पर्वत । राष्ट्रिय  लोक तथा दोहोरी गित प्रतिष्ठान पर्वत शाखाले पर्वत जिल्लाको प्रवेशद्धार नयाँपुलमा स्वागत बोर्ड राखेको छ । कास्की र पर्वतको सिमानामा रहेको नयाँपुलमा शाखाको छैठौँ अधिवेशनको अवसरमा आयोजित साताव्यापी कार्यक्रम अनुसार आज छैठौँ दिन स्वागत बोर्ड राखिएको शाखाका अध्यक्ष दिपक गदालले जानकारी दिनुभयो । गदालले पछिल्लो समय पर्यटकिय गनतव्य बन्दै गहिरहेको पर्वतमा पर्यटक तथा यात्रु महानुभावहरुलाई सफल यात्राको कामना गर्दै पर्वत जिल्लामा स्वागत गर्न बोर्ड राखिएको बताउँनुभयो । उहाँले आफुहरुले स्थापना गरेको  बोर्डले पर्वत जिल्लाको चिनारीमा टेवा पुर्याउँने समेत बताउँनुभयो ।
गदालले आज छैठौँ दिन जलजला गाउँपालिकामा रहेको समाज कल्याण आधारभूत विद्यालयमा वाटर डिस्पेन्सर प्रदान गर्ने पुर्व निर्धारित कार्यक्रम रहेता पनि विद्यालयको स्थानिय विदाका कारण नसकेको बताउँदै आगमी दिनमा प्रदान गरिने जानकारी दिनुभयो ।
यस्तै आजै समितिका पदाधिकारी,पुर्व अध्यक्ष र सल्लाहकारहरु बिच ६ दिन सम्म संचालित कार्यक्रमहरुको बारेमा समिक्षा गरिएको शाखाका सह-सचिव सुदिप क्षेत्रीले जानकारी दिनुभयो ।
शाखाले मंसिर २४ गते अधिवेशनको मुल समारोह रहनेगरी त्यस अघि विभिन्न समाजिक तथा मनोरञ्नात्मक कार्यक्रम गरिहेको छ । पहिलो दिन गुप्तेश्वर बेदविदाङ पाठशालामा बटुकहरुलाई खाद्यान्न वितरण,दोस्रो दिन पर्वत कारागारका कैदीबन्दीहरुलाई बाद्ययवादनका सामाग्री प्रदान, तेस्रो दिन लोक गित प्रतियोगिता,चौथो दिन मोदी गाउँपालिका वडा नं ६ दोबिल्लाका विद्यार्थीहरुलाइ शैक्षिक सामाग्री वितरण, पाचौँ दिन हिजो मोदीबेणी धाममा रहेका वृद्धवृद्धाहरुलाइ फलफुल वितरण गरेको थियो भने भोली २४ गते सातौ दिन ११ बजे पर्वत उद्योग वाणिज्य संघको सभा हलमा अधिवेशन उद्घाटन हुने अध्यक्ष गदालले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज