30.1 C
Kathmandu
Saturday, July 27, 2024

पर्वतको कटुवाचौपारीकी २१ बर्षिय महिलाको मृत्यु रहस्यमय, माईती पक्षले दिएन्न शब पोष्टमार्टम गर्न

पर्वत । पर्वतमा एक महिलाको मृत्यु रहस्यमय भएको भन्दै माईती पक्षले शबको पोष्टमार्टम गर्न रोक लगाएका छन् । कुश्मा नगरपालिका ९ कटुवाचौपारीकी २१ वर्षिय अनिता विश्वकर्माको अस्ति राती मृत्यु भएको हो । आफ्नै घरमा सलको पासो लगाएर मृत्यु भएको घरपरिवारको दाबी छ भने माईती पक्षले भने उनलाई कुटपिट गरि मारेको र पछि पासो लगाएर मृत्यु भएको झुठो कुरा बाहिर ल्याईएको आरोप लगाएका छन् । जिल्लाको कुश्मा नगरपालिका १ पाङको माटेपानी गाउँ माईती भएकी अनिताको शव अहिले पर्वत अस्पतालमा ल्याइएको छ । प्रहरीले सोधपुछका लागि मृतकका श्रीमान समिर विक लाई नियन्त्रणमा लिएको छ । माईती पक्षका मानिसहरु अस्पतालमा आएर गहिरो अनुसन्धान नगरि लासको पोष्टमार्टम गर्न नदिने अडान लिएपछि आज पोष्टमार्टम हुन सकेन । मृतककी हजुरआमा रञ्जना विश्वकर्माले अनिताको झुण्डिएर मृत्यु भएको भनिएपनि सल काटिएको र बिस्तारमा सुताईएको अवस्थामा भेटिएको हुनाले सुनियोजित हत्या भएको दाबी गर्नुभयो । आफन्तजनका अनुसार मृतक ७ महिनाकी गर्भवती समेत थिइन् । मृतक अनिताले समिर संग पाँच वर्ष पहिले प्रेम बिबाह गरेको हजुरआमा विश्वकर्माले बताउनुभयो । सानैमा विहे गरेकी उनलाई श्रीमान बाट संधै हेला हुने गरेको र माईती आएपछि घरै जान नमान्ने गरेको उहाँले बताउनुभयो । स्थानीय बासिन्दाले घटनाको निष्पक्ष छानबिनको माग गर्दै कुश्मा नगरपालिका ९ का वडाध्यक्ष रामशर्मा लामिछानेलाई समेत घेराउ गरेका थिए । आक्रोशित भीडले आज दिनभर अस्पताल परिषर तनावग्रस्त बनेको थियो । प्रहरीले यस घटनाको निष्पक्ष र पारदर्शी हिसाबले अनुसन्धान गर्ने भएकाले कुनै शंका नगर्न अनुरोध गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख मधुसुदन न्यौपानेले यो घटनाको संबेदनशिलतालाई गम्भिरतापूर्वक लिएर अनुसन्धान गर्ने बताउनुभएको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज