30.1 C
Kathmandu
Saturday, July 27, 2024

महाशिला गाउँपालिकामा जेष्ठ नागरिक र दीर्घ रोगीहरुको निःशुल्क स्वास्थ्य परिक्षण गरिने

पर्वतको महाशिला गाउँपालिकाले घर घरमै पुगेर जेष्ठ नागरिक र दीर्घ रोगीहरुको स्वास्थ्य परिक्षण गर्ने भएको छ ।
गाउँपालिकाको आर्थिक बर्ष २०७९/०८० को नीति तथा कार्यक्रम अनुसार पालिकाभित्रका ७० बर्ष नाघेका जेष्ठ नागरिक र दीर्घ रोगीहरुको स्वास्थ्य परिक्षण गर्न लागिएको हो ।

\पालिकाभित्रका जेष्ठ नागरिकहरुलाई सहज स्वस्थ्य सेवा दिन र दीर्घ रोगीहरुलाई आवश्यक सहयोग र हौसला प्रदान गर्ने उद्देश्यले घरमै पुगेर स्वास्थ्य परिक्षण गर्न लागिएको  गाउँपालिकाका अध्यक्ष इश्वरी प्रसाद भुसालले जानकारी दिनुभयो । गत कार्तिकमा लिएको तथ्यांकअनुसार पालिकाका ६ वटै वडामा गरि ७ सय जना जेष्ठ नागरिक र दीर्घरोगी रहेको बताउदै उहाँहरुलाई निरोगी राख्न र दीर्घ जीवनका लागि पालिकाले उक्त कार्यक्रम संचालन गरेको उहाँले बताउनुभयो ।  गाउँका दुरदराजमा रहेका जेष्ठ नागरिकलाई स्वस्थ्य चौकिसम्म पुग्न १ डेढ घण्टा लाग्ने र यातायातको पनि सुविधा नभएकोले यो कार्यक्रमले उहाँहरुको स्वास्थ्य परिक्षणमा सहज हुने बताउनुभयो । यहीँ मंसिर १८ गतेदेखि २७ गतेसम्म  आधारभुत अस्पताल र स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीहरु, पालिका अध्यक्ष,उपाध्यक्ष र वडा अध्यक्ष घर घरमै पुगेर स्वास्थ्य परिक्षण गरिने सुचना मार्फत जानकारी समेत गराइएको छ ।

बिरामी भएपछि मात्र स्वास्थ्य परिक्षणकै लागि पोखरा, काठमाडौं, कुश्मा, वालिङ जाने अवस्थाको अन्त्य गरि समयमै समस्या पत्ता लगाई सहज उपचारको लागि यो कार्यक्रमले महत्त्वपूर्ण सहयोग पुग्ने भुसालको भनाइ छ ।
जेष्ठ नागरिक अनुभव र प्रेरणाको स्रोत भएका कारण उहाँहरुको दीर्घ जिवनका लागि मासिक रुपमा अथवा ३ महिनको १ पटक घरमै पुगेर स्वास्थ्य परिक्षण गर्ने कार्यलाई निरन्तरता दिने भुसालले बताउनुभयो ।
उहाँले भन्नुभयो ” हामी स्वास्थ्यकर्मीको टोलीसहित जेष्ठ नागरिक र दीर्घ रोगीको घर घरमा पुग्छौं, उहाँहरुको स्वास्थ्य परिक्षण गर्छौ र अवस्था बुझ्छौ ।” जटिल अवस्थाका बिरामी भेटिएमा अवस्था हेरेर थप उपचारका लागी अस्पतालसम्म पुग्न पालिकाले सक्दो सहयोग गर्ने गाउँपालिकाका अध्यक्ष भुसालले बताउनुभयो ।  जेष्ठ नागरिक र दीर्घरोगीलाई घर परिवार र समुदाय सबैले स्याहारसुसार, माया र सम्मान गर्नुपर्ने उहाँले बताउनुभयो । जेष्ठ नागरिकहरूहरुमा अथाह ज्ञान, सीप र अनुभव हुने बताउदै नयाँ पुस्तामा उहाँहरुको ज्ञान र सीप हस्तान्तरण हुनुपर्नेमा जोड दिनुभयो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज