28.1 C
Kathmandu
Saturday, July 27, 2024

समाजमा विस्तारै खुल्न थाले एचआइभी संक्रमित

पर्वत । एचआइभी संक्रमित विस्तारै समाजमा खुल्न थालेको पाइएको छ । अझै पनि समाजमा अपहेलित हुने डरले संक्रमित भए पनि लुकाउँने या समाजबाट नै सम्पर्कविहिन हुने परिपाटी बढिरहेका बेला यहाँका एक संक्रमितले भने खुलेरै आफु संक्रमित भएको बताएका छन् । बुधबार ३५ औँ एडस दिवसका अवसरमा विभिन्न संघ संस्थाहरुको सहकार्यमा स्वास्थ्य कार्यालय पर्वतले आयोजना गरेको पत्रकार अन्तरक्रिया कार्यक्रममा उनले आफु विगत १७ बर्ष अघि देखी संक्रमित भएको बताएका हुन् ।

पर्वतको फलेवास नगरपालिका वडा नं ५ निवासी परिवर्तित नाम (उत्सव नेपालीले) कार्यक्रममा आफ्नो मनको कुरा खुलेरै राखे । आफ्नो बुवा भारतिय लाहुरे भएकोले आफु सानै उमेर देखी भारतको मिजारम स्टेटमा बेसेको उनले सुनाए । १७ बर्षको उमेरमा सोही स्थानकी एक युवतीसंगको असुरक्षित यौन सम्पर्कबाट आफुलाई एचआइभी भएको उनले बताए । उनी भन्छन, ‘मलाई विस्तारै एचआइभीको लक्षण देखिन थाल्यो जाच गर्दा संक्रमित भएछु । डाक्टरले मलाई नभनी परिवारलाई मात्र भने, संक्रमित भएको थाह पाएपछि परिवारले मलाई नभनी नेपाल पठाइदिए । नेपाल आएपछि मात्र म एचआइभी संक्रमित रहेछु भन्ने थाह पाए ।’ उनी थप्छन, ‘एचआइभी भएको थाहपाएछि मैले मर्ने प्रयास गरे तर सकिन,समाजमा पनि थाह पाएकाले छिछि र धुरधुर गर्न थाले मर्नु र बाच्नुको दोसाधमा पुगे, तर केही समय पछि सामाजिक संस्था सिएसजी संग जोडिएर काम गर्ने मौका पाए त्यस पछि भने एचआइभीको बारेमा धेरै कुरा बुझे ।’ अहिले म एचआइभी संक्रमित प्रति समाजको जुन नकारात्मक धारणा छ त्यसलाई चिर्दै हिडेको छु, आफ्नो बारेमा पनि खुलेरै भन्छु । खासमा एचआइभी भयो भन्दैमा संसार नै अन्धकार भएको सोच्नु गल्त भएको उनी बताउँछन् । नेपालीले एचआइभी संक्रमितसंगै विवाह गरेर एक सन्तान समेत जन्माएका छन् । उनले आफ्नो सन्तानमा भने एचआइभी नेगेटिभ रहेको बताए ।

यस्तै सोही कार्यक्रममा स्वास्थ्य कार्यालय पर्वतका निमिक्त प्रमुख सन्तोष पौडेलले एचआइभी संक्रमित यसरी समाजमा खुल्नु सकारात्मक पक्ष भएको बताएका छन् । पौडेलले अझै पनि समाजमा एचआईभी संक्रमितलाई हेर्ने दृष्टिकोण फरक भएका कारण उनिहरु समाजमा खुल्न नसकेको वताउदै सवैले सकारत्मक व्यवहार गर्नु पर्ने बताए ।

पर्वतमा हाल कुल १२२ एचआईभी संक्रमितरहेको वताइए पनि ८५ जनाको मात्र रेकर्ड रहेको छ । जस मध्य ४ जनाको मृत्यू भएको ४ जना सम्पर्क भन्दा वाहिर रहेको, ३ जनाले अन्या जिल्लावाट औषधी लिइरहेको र ७४ जनाले पर्वत जिल्लावाट नियमित औषधी सेवन गर्दै गरेको स्वस्थ्य कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज