25.1 C
Kathmandu
Saturday, July 27, 2024

कुश्मा बजारका होटल,रेष्टुरेन्ट तथा मिठाइ पसलहरुमा अनुगमन, भान्सामा कमजोरी भेटियो

पर्वत । पर्वतको कुश्मा बजारका होटल,रेष्टुरेन्ट तथा मिठाइ पसलहरुमा अनुगमन गरिएको छ । पर्यटन तथा उद्योग कार्यालय पर्वतको आयोजनामा विहिबार राजमार्ग छेउँछाउ तथा बढी व्यस्त हुने शिवालय चोकमा रहेका होटल,रेष्टुरेन्ट तथा मिठाइ पसलहरुमा अनुगमन गरिएको हो ।

अनुगमनका क्रममा अधिकांस होटल तथा रेष्टुरेनटका भान्सामा सरसफाईको कमी देखिएको छ । भान्सामा फोहोर सहित खानेकुरा नछोपी राखेको भेटीएको पर्यटन तथा उद्योग कार्यालय पर्वतका प्रमुख मुना अधिकारीले बताउँनुभयो । यस्तै सडकछेउका होटल–रेष्टुरेन्टमा खानेकुरा खुल्ला र कतैकतै झुलले छोपेर राखिएको थियो । त्यस्ता होटललाई अनिवार्य रुपले सिसाको फ्रेमभित्र खाद्यपदार्थ राख्न निर्देशन दिइएको उहाँले बताउनुभयो । मिठाइ पसरलहरुमा भने रंगको प्रयोग बढी गरेको पाइएकाले जथाभावी नगर्न र रंग प्रयोग गरेपछि खाद्य पदार्थलाई पकाउन, तार्न निषेध गरिएको पनि अधिकारीले जानकारी दिनुभयो । उहाँले यस पटक सजग गराएको र आगमी दिनमा पनि यस्तो पाइएमा कानुन अनुसार कारबाही गर्ने बताउँनुभयो ।

पर्यटन तथा उद्योग कार्यालय पर्वत, जिल्ला प्रशासन कार्यालय पर्वत,खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङ,पोखरा उद्योग वाणिज्य संघ पर्वत, प्रहरी,पत्रकार लगायतको टोलीले अनुगमन गरेको थियो ।

साथै होटल,रेष्टुरेन्ट तथा मिठाई पसल संचालन गर्दा अपनाउँनुपर्ने सावधानी,अखाद्य पदार्थ मिसावट गर्दा उपभोक्तामा हुने हानी, सरसफाई लगायत उपभोक्ता प्रतिको जिम्मेवारी र अखाद्य बस्तुको विक्री वितरणबाट उपभोक्ताको स्वास्थ्यमा परेको असर र त्यसको कारबाही तथा जरिवाना सम्बन्धमा संचालकहरुलाई मंसिर १६ गते विहान ६ बजे अभिमुखिकरण कार्यक्रम संचालन गर्न लागेको पर्यटन तथा उद्योग कार्यालय पर्वतका प्रमुख मुना अधिकारीले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज