25.1 C
Kathmandu
Saturday, July 27, 2024

पर्वतमा निशुल्क मोतियाविन्दु शल्यक्रिया हुदै

पर्वत । आँखाको समस्या भएका विरामीहरुका लागि पर्वतमा निशुल्क स्क्रिनिङ शिविर सञ्चालन हुने भएको छ । लायन्स क्लव अफ पर्वत भुमेकोटको संयोजनमा पर्वतमा शिविर सञ्चालन हुने भएको हो ।
क्लवका अध्यक्ष ज्ञानेन्द्र जोशीले दिएको जानकारी अनुसार पहिलो चरणमा विभिन्न पालिकाका वडा स्तरमा पुगेर स्क्रिनिङ शिविर सञ्चालन गर्ने र तत्पश्चात मोतियाविन्दु भएका विरामीलाई निशुल्क शल्यक्रिया गर्ने कार्यक्रम रहेको छ । जस अन्तर्गत मंसिर १६ गते कुश्मा नगरपालिकाको खुर्कोट, दुर्लुङ र पकुवामा आँखा जाँच शिविर सञ्चालन हुने भएको छ भने मंसिर १७ गते चुवा, पिपलटारी, कटुवाचौपारी, ठूलिपोखरी, खौलालाँकुरी, कार्किनेटा, थापाठाना लगायतका स्थानमा रहेका आँखाका विरामीहरुलाई लक्षित गरेर शिविर सञ्चालन हुनेभएको छ । त्यस्तै मंसिर १८ गते पर्वत अस्पताल सँगैका प्रभावित क्षेत्रहरु र आर्थर, खानीगाउँ र कुर्घामा मोतियाविन्दु परिक्षण शिविर सञ्चालन हुने भएको छ ।
यस अघि पनि पर्वत स्थित लायन्स क्लवले आँखा शिविर सञ्चालन गरी मोतियाविन्दुका विरामीहरुलाई सहयोग पुर्‍याउँदै आएका थिए । यस पटक हिमालय आँखा अस्पताल पोखरा, पर्वत अस्पताल कुश्मा र लायन्स आँखा उपचार केन्द्रको प्राविधिक सहयोगमा शिविर सञ्चालन गर्न लागिएको क्लवका अध्यक्ष जोशीले जानकारी दिनुभयो ।
गाउँमा सञ्चालन भएका स्क्रिनिङ शिविरबाट शल्यक्रिया गर्नुपर्ने प्रकृतिका विरामीहरुलाई मंसिर २५ गते पर्वत अस्पतालमा नै शल्यक्रिया गर्ने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज