24.1 C
Kathmandu
Saturday, July 27, 2024

देउसी—भैलोको रकमबाट सामाजिक प्रयोजनका सामान खरिद

पर्वत । पर्वतको महाशिला गाउँपालिका वडा नं ५ आहालेका युवाहरुले देउसी भैलोबाट संकलित रकमबाट सामाजिक प्रयोजनका सामान खरिद गरेका छन् । पछिल्लो समय स्थानीय स्तरमा देउसी–भैलो खेलेर संकलन भएको रकम खानपिनमा खर्च गर्ने परिपाटीले समाजमा सकारात्मक सन्देश नदिने भन्दै उनीहरूले यस्तो कार्य गरेका हुन् ।

तिहारमा विभिन्न संघ–संस्था, क्लव र युवा समूहले देउसी–भैलो खेल्ने र उठेको रकम फजुल खर्च गर्ने परिपाटी बढेका बेला यहाँका युवाहरुले भने युवाहरुलाई जागरुक बनाउँन र सामाजिक कार्यमा भावना जगाउँन यस्तो कार्य गरिएको स्थानिय युवा हरि विश्वकर्माले बताए ।

२०७९ सालको तिहारको अवसरमा खेलेको देउसी भैलो कार्यक्रमबाट गाउँमा विवाह, प्रतबन्ध र सामाजिक कार्यमा आवश्यक पर्ने टेबल, चुलो,पनियु लगायतका सामान खरिद गरी एक कार्यक्रमका विच स्थानिय गतिशिल आमा समुहको संरक्षणमा रहने गरी आमा समुहलाई हस्तान्तरण गरिएको छ ।

कार्यक्रममा महाशिला गाउँपालिकाका उपाध्यक्ष धनसुवा वि.कको पनि उपस्थिति रहेको थियो । वि.कले युवाहरु समाज परिवर्तनका संवाहक भएकाले युवाहरुको यस्तो कार्यले समाजमा राम्रो सन्देश दिइएको बताउनुभयो । उहाँले धैरै जसोले देउँसी भैलोबाट संकलित रकम बनभोज, भ्रमणमा खर्चने सुनाउँदै यहाँका युवाहरुको यो कार्यको प्रशंसा गर्नुभयो । यस्तै वि.कले युवाहरुका यस्ता रचनात्मक कार्यलाई महाशिला गाउँपालिकाले सधै सहयोग गर्ने प्रतिवद्धता जनाउँनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज