24.1 C
Kathmandu
Saturday, July 27, 2024

पर्वतको वराचौर र पाङमा हात्तीपाइले रोगको पुन रक्त परिक्षण गरिने

पर्वत ।  पर्वतको विहादी गाउपालिका २ वराचौर र कुश्मा नगरपालिकाको वडा नं १ पाङमा हात्तीपाइले रोगको पुन रक्त परिक्षण गरिने भएको छ । दुइ पालिकाका ६०० जना व्यक्तिहरुको नमुनाको रुपमा रक्त परिक्षण गर्न लागिएको हो ।
पर्वतमा तेहौ पटक हात्तीपाइले रोग विरुद्धको औषधी सेवन गर्दा पनि हात्तीपाईले रोग निवारणको स्थितीमा नपुगेपछी चैत्रमा पुन हात्तीपाइले रोग विरुद्धको औषधी खुवाउने कार्यक्रम सम्पन्न भएको थियो । गत चैत्रमा संचालन भएको अभियानमा ८८ प्रतिशतले औषधी सेवन गरेको स्वस्थ्य कार्यालयको तथ्यांक रहेको छ ।
पर्वतमा हात्तीपाइले रोगको प्रभाव अहिले कस्तो रहेको छ भनी नमुनाको रुपमा कुश्मा र विहादीका करिव ६०० जनामा पुन रक्त परिक्षण गर्न लागिएको हो । Re–Pre– TAS Survy गर्दा ५ जना सम्म पोजेटिभ वा २ प्रतिशत भन्दा कम भएमा रोग निवारणको अवस्थामा पुगेको मानिने स्वस्थ्य कार्यालयले जनाएको छ । हाल पर्वतमा करिव २० जना सक्रिय संक्रमितले नियमित औषधी सेवन गरिरहेको तथ्यांक रहे पनि समुदाय स्तरमा २०० देखी ३०० जना सम्म हात्तिपाइलेका विरामी हुन सक्ने अनुमान गरिएको स्वस्थ्य कार्यालय पर्वतका नि प्रमुख सन्तोष पौडेल जानकारी दिनु भयो ।

नेपालमा हात्तीपाइले रोग उचेरेचिया काँक्राफ्टि परजीविको सङ्क्रमणबाट फैलिएको पाइएको छ । सङ्क्रमित भएको मान्छेको शरीरमा खासगरी रातिको समयमा छालामुनि रहेको रगतको नलीमा माइक्रोफाइलेरिया प्रवेश गरी बस्ने हुँदा सो समयमा क्युलेक्स या अन्य जातको लामखुट्टेबाट सङ्क्रमण फैलने गर्दछ ।
जाडोमा ज्वरो आउनु, शरीरमा कम्पन हुनु, लिम्फ नली सुन्निनु, रातो भई दुख्नु, हातगोडामा नीला काला धर्सा देखिनु, गिर्खा बढ्नु, पुरुषको अण्डकोष ठूलो हुनु, दुख्नु, गिर्खा भेटिनु र पछि हाइड्रोसिल अर्थात अण्डकोष वरिपरि पानी भरिएर ठूलो हुनेजस्ता लक्षण देखिएमा हात्तीपाइले फाइलेरिय भएको हुन सक्छ । त्यस्तै महिलामा यौनाङ्ग अथवा स्तन सुन्निनु र दुख्ने भएमा पनि हात्तीपाइले रोग हुन सक्छ ।
पर्वतमा Re–Pre– TAS Survy अर्थात हात्तीपाइले रोगको पुन रक्त परिक्षण गर्नका लागि राष्ट्रिय हात्तिपाइले रोग निवारण कार्यक्रम अन्र्तगत जिल्ला स्तरिय अभिमुखिकरण समेत आजै सम्पन्न भएको छ ।
कार्यक्रममा वोल्दै प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाले हात्तीपाइले रोगको निवारणका लागि सवैको सहयोग आवश्यक रहेको वताउदै रोगको पुन रक्त परिक्षण गर्ने अभियानमा सवैलाई सहयोग गर्न आग्रह गनूभयो ।
तेसै गरि जिल्ला समन्वय प्रमुख विष्णु राम विकले यो रोग अझै पनि पर्वतमा उल्मुलन हुन नसकेको र रोगले गर्दा विरामी व्यक्ती कठिन जिवन जिउन वाध्यहुनु पर्ने वताउदै रोग उल्मुलनका लागि जिल्ला समन्वय समितिको तर्फ वाट समेत महत्वपुर्ण भुमिका खेल्ने वताउनु भयो ।
अभिमुखीकरण कार्यक्रममा जिल्ला स्वस्थ्य कायालय पर्वतका नि प्रमुख सन्तोष पौडेलले कार्यक्रमको उद्देश्यको वारेमा जानकारी गराउनु भएको थियो भने VBDRTC हेटौडाका रामवालक रायले हात्तीपाइले रोगको वर्तामान अवस्था र रोगको पुन रक्त परिक्षण गरिने विषयमा सहजिकरण गर्नभएको थियो । कार्यक्रमको संचालन स्वास्थय कार्यालयका फोकल पर्सन तेज प्रसाद सुवेदीले गर्नभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज