30.1 C
Kathmandu
Saturday, July 27, 2024

नियोकद्धारा पर्वतमा परिचालित हुने पर्यवेक्षकका लागि एक दिने अभिमूखिकरण सम्पन्न

पर्वत । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) पर्वतको आयोजनामा आगामी निर्वाचनमा खटिने पर्यवेक्षकहरुका लागि एक दिने अभिमूखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
स्वतन्त्र र निष्पक्ष निर्वाचनको अधिकार लोकतन्त्र र मानवअधिकारको आधार भन्ने मुल नाराका साथ सम्पन्न भएको अभिमूखिकरणम निर्वाचन पर्यवेक्षणका लागि परिचालन हुने पर्यवेक्षकहरुले पर्यवेक्षण गर्ने तरिका, पर्यवेक्षकले पालना गर्नुपर्ने नियम तथा निर्वाचन आचारसंहित, निर्वाचन पूर्व, निर्वाचनको दिन र निर्वाचन पछि गरिने पर्यवेक्षण लगायतका बारेमा सहजीकरण गरिएको थियो ।
अभिमूखिकरण कार्यक्रममा बोल्दै नियोक पर्वतका अध्यक्ष लक्ष्मण सापकोटाले स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन नै लोकतन्त्रको मुख्य आधार रहेको बताउँदै स्वच्छ निर्वाचनले नै लोकतन्त्रलाई मजबुत बनाउने बताउुभयो । निर्वाचनमा सवै नागरिकहरुले स्वतन्त्र रुपमा मतदान गर्न पाउने वातावरण बनाउन सवै पक्षको प्रतिवद्धता आवश्यक हुने बताउँदै यसका लागि निर्वाचन आचारसंहितालाई पुणर् रुपमा पालना गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा प्रशिक्षक द्वय दिपेश विश्वकर्मा र लक्ष्मी पुनले सहजीकरण गर्नुभएको थियो
मुलुककै ठुलो पर्यवेक्षण संस्था नियोकद्धारा पर्वतका सातवटै पालिकामा गरी १६ जना पर्यवेक्षक परिचालन गरिने भएको छ । उनिहरुले मंसिर १ गतेदेखि ४ गतेसम्म निर्वाचनका गतिविधिवारे पर्यवेक्षण गर्ने भएका छन् ।
जिल्ला संयोजक लक्ष्मण सापकोटाको अध्यक्षतामा सम्पन्न अभिमूखिकरण कार्यक्रमको स्वागत दिपेश वि पौडेल र संचालन महासचिब माया अधिकारीले गर्नुभएको थियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज