28.1 C
Kathmandu
Saturday, July 27, 2024

भूकम्पमा परेर डोटीमा ६ जनाको ज्यान गयो, ५ जना घाइते, ८ वटा घर भत्किए

काठमाण्डाै – भूकम्पमा परेर डोटीको पूर्विचौकी गाउँपालिकाको वडा नं ३ गैरागाँउमा ६ जनाको ज्यान गएको छ । ५ जना घाइते भएका छन् ।

एक जना बेपत्ता भएका र एक  जना बच्चाको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले उज्यालोलाई जानकारी दिनुभयो । उहाँका अनुसार घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ ।

भूकम्पले ८ वटा घर भत्किएका छन् । भूकम्पले थप क्षति गरेको हुन सक्ने आशंका छ । क्षतिको विवरण संकलनको काम भइरहेको डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताउनुभयो ।

गएराति डोटीमा तीन पटकसम्म भूकम्प गएको थियो । गएराति २ बजेर १२ मिनेटमा डोटीको खप्तड राष्ट्रिय निकुञ्ज आसपास केन्द्रविन्दु बनाएर ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार त्यसअघि पनि त्यही क्षेत्र भएर राति ९ बजेर ५६ मिनेटमा ४ दशमलव १ रेक्टर स्केलको र त्यसअघि ९ बजेर ७ मिनेटमा ५ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज