30.1 C
Kathmandu
Saturday, July 27, 2024

भोलि सूर्यग्रहण, नाङ्गो आँखाले नहेर्न विज्ञको सुझाव

काठमाण्डौ – भोलि दिउँसो सूर्यग्रहण लाग्दैछ । दिउँसो ४ बजेर ५२ मिनेटदेखि झण्डै ३३ मिनेटसम्म नेपालमा सूर्यग्रहण देखिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ ।

दिउँसो लाग्ने खण्डग्रास सूर्यग्रहण पहाडी र खुल्ला क्षेत्रबाट मात्रै देखिन्छ । खण्डग्रास सूर्यग्रहणमा चन्द्रमाले सूर्यको केही भाग मात्र छेकेको देखिन्छ ।

नाङ्गो आँखाले भने ग्रहण हेर्न नहुने सोसाइटीका अध्यक्ष सुरेश भटराइले बताउनुभयो । विशेष किसिमको चस्मा लगाएर वा पानीमा छायाँ पारेर हेर्न सकिने उहाँले बताउनुभयो । समथर भूभागबाट ग्रहण देख्न कठिन हुने सोसाइटीले जनाएको छ ।

कतिपयले सूर्यग्रहणका कारण लक्ष्मी पूजा आजका लागि सरेको बताएपनि त्यो सत्य नभएको नेपाल पंचाङ्ग निर्णायक समितिका सदस्य देवमणी भट्टराईले बताउनुभयो ।

तिहारमा औंसीको घडीमा प्रदोष समय भेटिएको बेला लक्ष्मी पूजा मनाउने शास्त्रीय मान्यता अनुसार आजै लक्ष्मी पूजा मनाउन लागिएको उहाँले बताउनुभयो ।

यस वर्ष चतुर्दशी सकिएर औंसीको घडी कुकुर तिहारको दिन अर्थात् आज परेकोले लक्ष्मी पूजा पनि आजै गर्न लागिएको हो ।

धार्मिक मान्यता अनुसार ग्रहण लागेको बेला खान नहुने धारणा रहेपनि विज्ञान अनुसार ग्रहणका बेला खाना खाँदा कुनै असर नगर्ने विज्ञहरु बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज