28.1 C
Kathmandu
Saturday, July 27, 2024

आज राति देशका केही ठाउँमा धेरै ठूलो पानी पर्ने सम्भावना

काठमाण्डाै – आज राति देशका केही ठाउँमा धेरै ठूलो पानी पर्ने सम्भावना भएकाले सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । विशेषगरी आज लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही ठाउँमा धेरै ठूलो पानी पर्ने सम्भावना भएकाले सतर्कता अपनाउन मौसमविद् हिरा भट्टराईले आग्रह गर्नुभएको छ ।

उहाँका अनुसार देशका अरू ठाउँमा पनि सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना छ । भारतको उत्तर प्रदेशमा बनेको न्यून चापीय रेखाको प्रभावका कारण अबको तीन दिन देशका धेरै ठाउँको मौसम बदली भइ पानी पर्ने सम्भावना छ । त्यही न्यून
चापीय रेखाको प्रभावका कारण आज बिहानैदेखि देशका विभिन्न ठाउँमा पानी परिरहेको छ ।

पछिल्लो १२ घण्टामा नवलपरासीको परासी आसपासको क्षेत्रमा एक सय आठ मिलिमिटर पानी परेको छ । यस्तै नवलपुरको देउराली नवलमा ६० दशमलव चार र दाङको कोइलावासमा ८० दशमलव ६ मिलिमिटर पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आउँदाे शनिवारसम्म नै देशभर पानी पर्ने र कतै–कतै अतिभारी वर्षा र भारी वर्षाको सम्भावना रहेको पनि मौसमविद्ले बताएका छन् । शनिवार बेलुकादेखि भने पानी पर्न बिस्तारै कम हुँदै जाने मौसमविद् भट्टराईले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज