28.1 C
Kathmandu
Saturday, July 27, 2024

विभिन्न रचनात्मक कार्य गर्दै पर्वत जेसीजको साताव्यापी कार्यक्रम सम्पन्न

पर्वत । ‘मानवताको सेवा नै जीवनको सर्वोतम कार्य हो’ भन्ने नारालाई आत्मासाथ गर्दै मानविय सेवामा समर्पित युवाहरुको संस्था पर्वत जेसीजले संचालन गरेको जेसीज सप्ताह—२०२२ सम्पन्न भएको छ । भाद्र २३ देखि २९ गते सम्म विभिन्न रचनात्मक कार्य गर्दै सप्ताह सम्पन्न भएको हो ।

सप्ताहका मुल संयोजक विष्णु प्रसाद तिवारीका अनुसार भाद्र २३ गते कार्यक्रम उद्घाटन तथा सचिवालय व्यवस्थापन, २४ गते महिला हिंसा विरुद्ध सम्बन्धी सचेतना तथा कानुनी उपचार कार्यक्रम, २५ गते सरसफाई, गोडमेल तथा वृक्षरोपण संरक्षण कार्यक्रम, २६ गते लागुपर्दाथ दुव्र्यसनी विरुद्ध कार्यक्रम, २७ गते जेसीज गाँउ चुवामा स्टेशनरी तथा खेलकुद सामग्री वितरण कार्यक्रम, २८ गते नेतृत्व विकास तालिम र २९ गते समापन तथा एकल महिला उद्यमी सम्मान कार्यक्रम गरिएको हो । एकल महिला उद्यमी सम्मान अन्तर्गत कुश्मा नगरपालिका ५ का पाउँरोटी उद्योगी यामकुमारी अधिकारी र टम्पो चालक ढिलकुमारी नेपालीलाई सम्मान गरिएको छ । सम्मानित महिला समाजका उदारहणीय पात्र भएकाले सम्मान गरिएको पर्वत जेसीज २०२२ का अध्यक्ष उषा चापागाईले बताउँनुभयो । त्यस्तै सम्मानित महिलाले पर्वत जसीजले गरेको सम्मानले आफुहरुले गरेको दुख भुलाईदिएको र काम गर्न थप उर्जा मिलेको बताए ।

समापन कार्यक्रममा बाल्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल जेसीजका पुर्व राष्ट्रिय अध्यक्ष धनञ्य कुमार श्रेष्ठले पर्वत जेसीज युवा,महिला वातावरण, समाज संग जोडीएर काम गरेको भन्दै पर्वत जेसीज शाखाको प्रशांस गर्नुभयो । श्रेष्ठले एक महिलालाई सम्मान गरेकोमा खुशी व्यक्त गर्दै श्रम गर्ने यस्ता महिला दिदीबहिनी समाजका वास्तविक हिरो भएको बताउँनुभयो । । उहाँले यूवाहरुको व्यक्तित्व र नेतृत्व सीपको विकासका लागि जेसिजले महत्वपूर्ण स्थान दिएको बताउँदै युवाहरुलाई जेसीजमा जोडीन आग्रह गर्नुभयो ।

कार्यक्रममा बागलुङ जेसीजका उपाध्यक्ष योजिला श्रेष्ठ, म्याग्दी जेसीजका अध्यक्ष सन्दिप खत्री, पर्वत जेसीज अध्यक्षीय क्लबका अध्यक्ष राजन श्रेष्ठ लगायतले मनतव्य राख्नुभएको थियो ।
पर्वत जेसीज—२०२२ का अध्यक्ष उषा चपागाईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत समापन कार्यक्रमका संयोजक अच्युत पौडेलले र संचालन महासचिव हेमन्त वावु आचार्यले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज