28.1 C
Kathmandu
Saturday, July 27, 2024

पर्वतको विहादीमा स्थानीय जातका गाई संरक्षण अभियान शुरु

पर्वत । पर्वतको विहादीमा लोकल गाई संरक्षण गरिने भएको छ । वैदिक परम्पराअनुसार पुजा गरिने लोकल गाई पछिल्लो समय लोप हुँदै गएपछि गाउँपलिकाले संरक्षण अभियान थालेको हो ।

विहादी गाउँपालिकाले सुचना जारी गर्दै लोकल गाई पालक कृषकलाई गाईको सुत्केरी भत्ताका लागि आवेदन माग गरेको छ । लोकल गाई पालन गरेका कृषकहरुलाई प्रोत्साहन गर्नका लागि र गाईपालन तर्फ आकर्षण बढाउनका लागि यस्तो अभियान थालिएको विहादी गाउँपालिकाका अध्यक्ष परविन गुरुङले जानकारी दिनुभयो ।

उक्त कार्यक्रममा समावेश हुनका लागि गाई र गर्भाधारण गराईएको बहर स्थानीय नै हुनुपर्ने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुवोधबाबु पौडेलले जानकारी दिनुभयो । अनुदान लिनका लागि निवेदन, सम्वन्धित वडा कार्यालयको सिफारीस, नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र गाई बाच्छीको तस्विर समेत संलग्न गर्नुपर्नेछ ।

पर्वतमा पछिल्लो समय उन्नत जातका गाईपालन बढ्दै गएको छ । थोरै दुध दिने र गाईपालनको खर्च समेत नउठ्ने भन्दै कृषकहरु लोकल गाईपालन गर्न छाडेका हुन् । जिल्लाका ७ स्थानीय तह मध्ये विहादीले पहिलोपटक लोकल गाईलाई संरक्षणका लागि अभियान थालेको हो । यस अघि जिल्लाका सवैजसो पालिकाले गाईभैसीलाई सुत्केरी भत्ता दिने कार्यक्रम भने शुरु गरेका थिए ।
भैसी सुत्केरी भएपछि पाडापाडी तत्काल मासुको रुपमा उपभोग गर्ने प्रचलन बढेपछि सुत्केरी भत्ता दिएर पाडापाडी हुर्काउने र स्थानीय जानका लिमे पाराकोटे भैसी संरक्षणको लागि उक्त कार्यक्रम लागु गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज