25.1 C
Kathmandu
Saturday, July 27, 2024

महाशिला ५ का निवर्तमान अध्यक्ष उच्चैले गरे टोल समितिलाई सम्मान

आफ्नो पाँच वर्षे कार्यकालमा वडाको समग्र विकासका लागि विभिन्न टोलवाट सहयोग गर्ने समितिलाई महाशिला गाउँपालिका वडा नं। ५ लुंखुदेउरालीका निवर्तमान वडा अध्यक्ष जीवन विक्रम उच्चैले सम्मान गर्नुभएको छ ।
वडाको विकासमा नागरिकहरुको प्रत्यक्ष सहभागिता गराउने उद्धेश्यले उहाँको कार्यकालमा विभिन्न टोल समितिहरु गठन गरिएको थियो । आफ्नो पाँच वर्षे कार्यकालको अवधि सकिएपनि वडालाई अघि बढाउन सक्रिय भूमिका खेलेको भन्दै टोल समितिका संयोजकहरुलाई सममान गरिएको एमाले जिल्ला सचिबालय सदस्य समेत रहनुभएका युवा नेता ठकुरीले बताउनुभयो । उहाँले टोल समितिका संयोजकहरुलाई दोसल्ला, माला, पाँच वर्षे कार्यकालको स्वेतपत्र र वडाको क्यालेन्डर प्रदान गरेर सम्मान गर्नुभएको हो ।

सम्मानित हुनेहरुमा एकता टोल बिकास सस्थाका अध्यक्ष सरास्वती अधिकारी, प्रगति टोल बिकास सस्थाका अध्यक्ष गुरुदत्त अधिकारी, हरियाली टोल बिकास सस्थाका अध्यक्ष रामलाल अधिकारी र चिसापानी टोल बिकास सस्थाका अध्यक्ष सावित्री मल्ल प्रधान रहनुभएको छ । उहाँहरुले आफ्नो टोलका नागरिकमा जागरण ल्याउन, विकास निर्माण, सरसफाई, धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास र प्रवद्र्धन, वडाका कार्यक्रमहरु नागरिक तहसम्म पुर्‍याउन महत्वपुणर् भूमिक खेल्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज