28.1 C
Kathmandu
Saturday, July 27, 2024

बागलुङ नगरपालिकाका पूर्व उपप्रमुखसहित ५ जना विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

बागलुङ – बागलुङ नगरपालिकाका पूर्व जनप्रतिनिधि सहित कर्मचारीको मिलेमतोमा तोके भन्दा कम दररेटमा ठेक्का पट्टा लगाएर ढुंगागिटी र बालुवा मार्फत आउनु पर्ने करमा नोक्सानी पु¥याएको आरोप लगाउदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आइतवार अख्तियारले बागलुङ नगरपालिकाका पुर्व उपप्रमुख सुरेन्द्र खड्का, वडा नं. २ का अध्यक्ष जीवन आचार्य सहित ३ कर्मचारीलाई पनि बिशेष अदालत काठमाण्डौमा मुद्दा दायर गरेको हो ।

उक्त मुद्दामा प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर कुँवर, तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत हिमालयजिवी उपाध्याय र राजश्व शाखाका सदस्य सचिव काशीराम शर्मालाई बिपक्षी बनाइएको छ ।

ढुंगा गिटी तथा वालुवा बिक्री बापत आउनुपर्ने रकम मिलेमतोमा कम बोलकबोल गराएको अरोप उजुरीमा छ । प्रदेश सरकारले तोकेको भन्दा कम दररेट राखेर नदीजन्य बस्तुको कर संकलन गर्दा मिलेमतोमा राजश्व छली गरेको पुष्टी भएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ ।

उक्त कामले नगरपालिकालाई हानिनोक्सानी पु¥याएको आरोप अख्तियारले लगाएको छ । बिशेष उजुरीपछि अख्तियारले गरेको अनुसन्धानमा नगरपालिकालाई १७ लाख ४० हजार ६६ रुपैयाँ नोक्सानी पु¥याएको पुष्टी भएको थियो ।

तत्कालिन उपप्रमुख खड्का यस अघि बसपार्क निर्माणको क्रममा भएको एक अर्कै भ्रष्टाचार मुद्दामा पनि तानिएपछि यस अघिनै निलम्बित थिए । आरोपितहरुलाई जनही ३४ लाख ८० हजार १ सय ३२ बिगो भराउन माग गरिएको छ । भ्रष्टाचार निवारण ऐन २०५९को दफा ७ को खण्ड (ख)बमोजिमको कसुरमा भ्रष्टाचार निवरण ऐन २०५९ को दफा ३ बमोजिम उनीहरुलाई बिगोको आधारमा सोही ऐनको दफा ३ को उपदफा १ को खण्ड च बमोजिम सजाए र सोही ऐनको दफा ७ बमोजिम चुहावट भएको राजश्वको दोब्बर जरिबाना समेत मागदावी गरिएको हो ।
नगरपालिकाले कालीगण्डकी नदीमा हरेक बर्ष ढुंगा गिटी वालुवाको ठेक्का मार्फत उत्खनन् अनुमति दिने गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज