28.1 C
Kathmandu
Saturday, July 27, 2024

स्वास्थ्य कार्यालय पर्वतको जिल्ला स्तरीय वार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न

पर्वत । स्वास्थ्य कार्यालय पर्वतको जिल्ला स्तरीय वार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ । दुई दिन सम्म कुश्मा बजारमा चलेको गोष्ठीमा गत आर्थिक वर्ष २०७८÷०७९ मा संचालित कार्यक्रमको समिक्षा र आर्थिक वर्ष २०७९÷०८० को योजना तर्जुमा गर्दै गोष्ठी सम्पन्न भएको हो ।

गोष्ठीमा स्वास्थ्य कार्यालय पर्वतका निमिक्त प्रमुख सन्तोष पौडेलले स्वास्थ्य कार्यालय पर्वतले आर्थिक वर्ष २०७८÷०७९ मा सम्पादन गरेका कामको बारेमा जानकारी दिनुभयो । उहाले प्रदेश र संघिय सरकारबाट प्राप्त कार्यक्रम सम्पादन गरी कार्यालयले ८६ प्रतिशत प्रगती गर्न सफल भएको बताउँनुभयो । गोष्ठीमा सातै पालिकाका स्वास्थ्य शाखा प्रमुखले बार्षिक प्रगती विवरण प्रस्तुत गरेका थिए । गोष्ठिमा कार्यक्रम कार्यान्वयन एवं सेवा प्रवाहमा देखिएका समस्या, चुनौती तथा भावी कार्य योजनाका बारेमा छलफल गरिएको थियो ।

छलफल,सुझाव सल्लाहबाट स्वास्थ्य कार्यालय पर्वत र सातै स्थानिय तहका स्वास्थ्य शाखा विच कार्यसम्पादनका लागि १२ बुदे प्रतिबद्धता समेत गरिएको छ । जसमा स्वास्थ्य कार्यालय र स्वास्थ्य शाखाको संयुक्त अनुगमनको अभ्यासलाई प्रभावकारी रुपमा अगाडी बढाइने साथमा गार्गलितरक सुपरिवेक्षणको प्रतिवेदन प्रत्येक स्थानीय तहको कर्मचारी नेतृत्व र जनप्रतिनिधी संग छलफल गरिने, नेप्टरको नेक नियमित र गुणस्तरीय रूपमा संचालन गर्न राजनैतीक तथा प्रशासनिक ऐकताका लागी आवस्यक पहल र मापकता अनुसारको सहकार्य गरिने, पोषण सेवा प्रबर्धनका लागी हरेक स्थानीय तहमा कम्तिमा दुइ वटा संस्थामा बहिरंग सेवा सहितका केन्द्र स्थापना र संचालन गरिने, । प्रेषण गर्नु पर्ने कुपोषित बालबालिकाहरूको प्रेषण कार्यलाइ नियमीत फलोअप गरिने, जिल्लाको प्राथामिकताका क्षेत्रहरूः नसर्ने रोग नियन्त्रण र रोकथाम, क्षयरोग नियन्त्रण, बिमा कार्यकमको प्रवर्धन, मलेरियाकोरक्त परिक्षणलाई विशेष जोड दिई कार्यक्रमहरु संचालन गरिने, गुणस्तरिय स्वास्थ्य सेवा प्रबर्धनका लागी स्वास्थ्यकर्मीहरुलाई संयुक्त अनुशिक्षण तथा अनुगमनको थालनि गरिने, विद्यालय किशोर किशोरि बाईरन कार्यक्रमलाई सबै स्थानिय तह अन्तर्गतका स्वास्थ्य संस्था तथा विध्यालय मार्फत संचालनगर्ने र सबै विध्यालयम प्रत्येक ६ महिनामा आँखा, कान, नाक, मुख तथा शारिरिक परिक्षण गरिने छ । आमा सुरक्षा कार्यक्रमको प्रभावकारी कार्यान्वयन र न्युनतम  मापदण्ड पुरा गर्न स्वास्थ्य संस्था, र नर्सिङ सेन्टरको व्यवस्थापनमा जोड दिइने छ। भविष्यमा मापदण्ड पुरा गर्ने प्रतिवद्धता प्राप्त हुन नसकेको अवस्थामा त्यस्ता सेवा बन्द गर्न सिफारिस गरिने,महिलाहरूमा हुने पाठेघरको मुखको क्यान्सरको जाँच तथा महिलाहरूको रोगको जाँचकालागि आवश्यक व्यवस्थापन गरिने,एक पालिका एक विशेषता अन्तर्गत आफ्नो पालिकाको विशेष सेवा प्रवर्धनका लागी यथासम्भव पाचालन गरिन, प्रत्येक ६ महिनामा खानेपानीको गुणस्तर परिक्षण गर्ने र गुणस्तरहिन पानिको श्रोत साई शुद्धिकरण गर्न सम्बन्धित निकायसंगको समन्वयमा पहल गर्ने । किशोर किशोरी मैत्रि स्वास्थ्य संस्थाको शुद्धिकरण तथा विस्तारको लागि पहल गरिने, सेवा प्रति उत्तरदायी नहुने, न्युनतम सेवा प्रतिको समर्पण नभएका र पेशागत तथा कर्मचारी आचरण पालना नगर्ने कर्मचारी वा स्वास्थ्यकमीहरूमा कडा कदम चाल्न सम्बन्धित अधिकारी समक्ष सिफारिस गरिने लगायतका बुदाँ समेटीएको छ ।

गोष्ठीमा जिल्ला भित्रका उत्कृष्ट स्वास्थ्य चौकीहरुलाई सम्मान गरिएको थियो भने सात स्थानिय तह मध्य पैँयु गाउँपालिका स्वास्थ्य शाखा उत्कृष्ट बनेको छ ।
समापन कार्यक्रममा जिल्ला समन्वय समिति पर्वतका प्रमुख विष्णुराम वि.क र प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाले तर्जुमा गरिएका योजना शतप्रतिशत कार्यान्वयन गर्न आवश्यक सुझाव सल्लाह दिदै स्वास्थ्य संवेदनशिल क्षेत्र भएकाले विशेष ध्यान दिएर काम गर्न स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिए ।
स्वास्थ्य कार्यालय पर्वतका निमिक्त प्रमुख सन्तोष पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन स्वास्थ्य कार्यालयका तेज प्रसाद सुवेदीले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज