28.1 C
Kathmandu
Saturday, July 27, 2024

सिन्धुपाल्चोकमा खोला तर्ने क्रममा एक जनाको मृत्यु

१६ भदौ, चौतारा । सिन्धुपाल्चोकको त्रिपुरान्दरी गाउँपालिका–४ बुसुन्डोलमा खोला तर्ने क्रममा बुधबार साँझ एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय अमित थामी रहेका छन् ।

मामाघरबाट तीज मनाएर आमा र बहिनीका साथमा फर्किंदै गरेका थामीको खोला तर्ने क्रममा पहिरोसँगै आएको ढुङ्गाले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीले जानकारी दिए । उनकी आमा र बहिनी भने सकुशल रहेका छन् ।

खोलामा पुल नहुँदा स्थानीले सास्ती खप्दै आएका छन् । मुलाबारीबाट पिस्कर अध्ययन गर्न आउने विद्यार्थी तथा स्थानीयलाई वर्खामा आवतजावत गर्न खोलामा जोखिम रहेको स्थानीयले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज