28.1 C
Kathmandu
Saturday, July 27, 2024

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

पर्वत । पर्वतको मोदी गाउँपालिका ५ स्थित अम्बोट नजिक भ्यापलेमा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अबरुद्ध बनेको छ ।

तीन दिन देखि लगातार वर्षाका कारण बाटो माथिबाट खसेको पहिरोले बिहान देखि लोकमार्ग पूर्णरुपमै बन्द भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ ।

वर्षा नरोकीएको र माथिबाट ढुंगाहरु झरेको हुँदा सडक सुचारु गर्न मुस्किल भएको प्रहरी नायव उपरीक्षक मधुसुधन न्यौपानेले जानकारी दिनुभएको छ ।

आफुहरु पहिरो पन्छाउन तयारीका साथ डोजर, स्काभेटर लिएर बसिरहेको हुँदा पानी बिदो हुने बित्तिकै सडक सुचारु गर्न लागि पर्ने उहाँले बताउनुभयो ।

उहाँका अनुसार आजको पहिरो पनि अस्ती मंगलबार बेलुकी पहिरो खसेको ठाउँमै गएको छ ।

पहिरोका कारण गन्तब्यतर्फ हिँडेका यात्रुहरु अलपत्र परेका छन् । केही यात्रु भने हिँडेर बैकल्पिक बाटो मार्फत गन्तब्य छिचोल्दै छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज