30.1 C
Kathmandu
Saturday, July 27, 2024

बुटवलबाट पर्वत आउँदै गर्दा वालिङमा झोला साटियो, झोलामा लाखौँका गहना भेटिए

पर्वत । पैँयु गाउँपालिका वडा न ४ यैङथोककी सितल पङगेनी बुधबार बुटवलबाट आफ्नो घर पैँयु आउँदै थिइन । आउँदै गरेको बस स्याङजा वालिङ आइसकेपछि उनि झर्ने तरखर गरिन बसमा यात्रु खचाखच थिए । उनले आफ्नो भनेर अर्कैको झोला समातेर हिडिन, संयोग बस झोलाको रङ्ग उस्तै परेछ । पङगेनी जिप चढेर सरासर घर आइन । घर आएर छोरीलाई कपडा फेर्न झोला खोल्दा त झोलामा तिलहरी,सिक्री लगायतका गरगहना सहित अर्कैका कपडा छन् । अनी आश्चर्य भइन । उनले सोचीन झोला वालिङमा नै साटिएछ । सितल पङगेनी भन्छिन,“मेरो झोलामा त बच्चाका कपडा बाहेक केही छैन् कसको झोला हो, कहा पुग्ने हुन मलाई केही थाह छैन् अब के आधारमा झोला बुझाइदिने ।” उनीले थपिन, “उस्तै मन भएको भए राख्न पनि सक्थे तर अर्काको एक रुपैया खानु छैन् । त्यसैले जसरी भए पनि झोला सम्बन्धित व्यक्ति सम्म पु¥याइदिनु छ ।” उनले पैँयु गाउँपालिका उपाध्यक्ष याम कुमारी रानालाई पनि खबर गरेकी छन् । गाउँपालिका उपाध्यक्ष रानाले सामाजिक सञ्जालमा प्रचार गरेर उक्त समाग्री सम्बन्धित व्यक्ति सम्म पु¥याइदिन सवैमा अनुरोध गरेकी छन् ।
सम्पर्क
पैँयु गाउँपालिका उपाध्यक्ष याम कुमारी राना— ९८४६०८३७८६
महाशिला खबर सम्पादक दिपेश वि पोखरेल—९८५७६७५१०२

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज