30.1 C
Kathmandu
Saturday, July 27, 2024

चुवाका दुवै मृगौला पिडित दमाईलाई सक्सेसको सहयोग

पर्वत । कुश्मामा रहेको सक्सेस ल्याङग्वेज इन्ष्टिच्युटले मृगौला पिडित सुक लाल दमाईलाई सहयोग गरेको छ । कुश्मा नगरपालिका वडा नं ८ चुवाका दुवै मृगोला फेल भएर पिडित बनेका ४९ बर्षिय दमाईलाई इन्ष्टिच्युटले सहयोग गरेको हो । विहिबार पिडितको घरमै गएर इन्ष्टिच्युट र इन्ष्टिच्युटमा अध्ययनरत विद्यार्थीले जम्मा गरेको नगद १० हजार ५ सय ६० रुपैया सहयोग गरिएको इन्ष्टिच्युट सञ्चालक रामचन्द्र सुवेदीले जानकारी दिए । आर्थिक स्थिति कमजोर भएकाले उपचारमा समस्या आएको थाह पाएपछि थोरै भए पनि राहत होस भन्ने हेतुले सयोग गरको सुवेदीले बताए ।

करिव ३ वर्ष रोजगारीका लागि साउदी अरव वसेका दमाईको दुवै मृगौला फेल भएपछि परिवारमा समेत आर्थिक समस्या भएको छ । दमाईले भने, “म कमाउँने मान्छे नै थला परेपछि परिवार चल्नै गाह्रो भएको छ । यता मेरो उपचार गर्ने की परिवार चलाउँने मर्नुन बाच्नु भए ।” उनले आफुलाई सहयोग गरेर जीवन बचाइदिन सवैमा अपिल गरेका छन् । दमाईको परिवारमा एक छोरा, बुहारी, तिन छोरी र श्रीमती छन् । उनको मडिपाल हस्पिटलमा उचार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज