24.1 C
Kathmandu
Saturday, July 27, 2024

अनेम संघ कुश्मा नगर कमिटीको तिज विशेष कार्यक्रम सम्पन्न

पर्वत । अखिल नेपाल महिला संघ कुश्मा नगर कमिटीले आयोजना गरको तिज विशेष कार्यक्रम सम्पन्न भएको छ । नेपाली नारीहरुको महान चाड हरितालिका तिजको अवसरमा आयोजित कार्यक्रम बुधबार नेकपा एमालकोे पार्टी कार्यालयमा विविध कार्यक्रम सहित सम्पन्न भएको हो । दिदीबहिनीहरु विच एकअर्कामा माया साटसाट गर्न कार्यक्रमको आयोजना गरिएको कमिटीका कोषाध्यक्ष सिताशु गिरीले जानकारी दिनुभयो ।

कार्यक्रममा महिला दिदीबहिनीहरुलाई हरितालिका तिजको शुभकामना दिदै कार्यक्रमका प्रमुख अतिथि तथा प्रतिनिधि सभा सदस्य पदम गरीले तिज सामान्य तरिकाले मनाउँन अनुरोध गर्नुभयो । उहाँले धनी परिवारकाले तडकफडक गर्दा सामान्य परिवारकाको मन खिन्न हुने हुदाँ सामान्य तवरले तिज मनाउँनुपर्नेमा जोडदिनुभयो । गरीले देश निर्वाचनमा गइसकेकाले स्थानिय तहमा जस्तै प्रतिनिधि र प्रदेश सभामा पनि नेकपा एमालेलाई पर्वतमा पहिलो बनाउँने गरी लाग्न सम्पुर्ण महिला दिदीबहिनीहरुलाई निर्देशन दिनुभयो । उहाँले गठबन्ध हुदाँ पनि स्थानिय निर्वाचनमा नेकपाले पर्वतमा पहिलो भएको र अब पनि पहलो हुनबाट कुनै शक्तिले रोक्न नसक्ने ठोकुवा गर्नुभयो ।

कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेशका उपसचिव मञ्जु अधिकारी,प्रदेश कमिटी सदस्य मेघनाथ सुवेदी, प्रदेश सांसद विकास लम्साल, जुना नेपाली, नेकपा एमालेका जिल्ला अध्यक्ष राजुप्रसाद पौडेल, अनेम संघका केन्द्रिय सदस्य कमला पन्त, जिल्ला समन्वय समिति पर्वतका प्रमुख विष्णुराम वि.क, नेकपा एमाले कुश्मा नगरकमिटी अध्यक्ष मिन प्रसाद श्रेष्ठ, कुश्मा नगरपालिकाका उपप्रमुख स्वस्थनी रिञ्जाल लगायतले शुभकाना मनतव्य राख्नुभएको थियो । कार्यक्रममा अनेमसंघमा आबद्ध भएर स्थानिय तहमा निर्वाचित भएका महिला दिदीबहिनीलाई सम्मान गरिएको थियो । नाच्ने गाउँने गरेर दर खाई कायक्रम सम्पन्न गरेको कमिटी अध्यक्ष अम्बिका शर्माले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज