28.1 C
Kathmandu
Saturday, July 27, 2024

भु तथा जलधार व्यवस्थापन कार्यालय पर्वतद्धारा बार्षिक कार्यक्रम सार्वजनिक

पर्वत । भु तथा जलधार व्यवस्थापन कार्यालय पर्वतले बार्षिक कार्यक्रम सार्वजनिक गरेको छ । कार्यालयले बुधबार एक कार्यक्रमको आयोजना गरी आर्थिक वर्ष २०७८÷०७९ मा भएका कार्यक्रमको प्रगति विवरण र २०७९÷०८० मा संचालन हुने कार्यक्रम सार्वजनिक गरेको हो ।

कार्यक्रममा कार्यालय प्रमुख दिवाकर पौडेलले आर्थिक वर्ष २०७८÷०७९ मा संघीय र प्रदेश सरकारबाट प्राप्त स्वीकृत कार्यक्रम सम्पन्न गरी कार्यालयले ९८.२९ प्रतिशत प्रगती गर्न सफल भएको बताउँनुभयो । त्यस्तै पौडेलले कायक्रममा कार्यालयको कार्यक्षेत्ररहेका जिल्ला पर्वत, बागलुङ,म्याग्दी,मुस्ताङ र स्याङजालाई समेट्ने गरी आर्थिक वर्ष २०७९÷०८० मा संघीय तर्फको ७ करोड २८ लाख ५० हजार र प्रदेश सरकारतर्फको १ करोड ७० लाख बराबरको स्वीकृत कार्यक्रम संचालन गर्ने जानकारी दिनुभयो । उहाँले सार्वजनिक गरेका कार्यक्रममा विभिन्न ठाउँका गल्छी पहिरो उपचार, जोखिम युक्त बस्ती, विद्यालय भवन, सार्वजनिक भवन संरक्षण, खोला तथा नदीमा तटबन्धन, पहिरो नियन्त्रण लगायतका अन्य कार्यक्रम समेटिएको छ । पौडेलले कार्यालयको कार्यक्षेत्र धेरै भएको र कार्यक्रमको बजेट थोरै भएकाले काम गर्न असजिलो भइरहेको दुखेसो गर्नुभयो ।
(कार्यक्रमको पुर्णपाठ)

कार्यक्रममा कार्यालय प्रमुखले बार्षिक कार्यक्रम सार्वजानिक गरे पश्चात बाल्दै कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला समन्वय समिति पर्वतका प्रमुख विष्णुराम वि.कले कार्यालयले यस आर्थिक वर्षमा संचालन गर्न लागेका कार्यक्रमहरुको बारेमा सुझाव, सल्लाह दिदै सार्वजनिक गरेका कार्यक्रम निश्पक्ष ढङ्गले संचालन गर्न अनुरोध गर्नुभयो । वि.कले ५ जिल्ला हेर्ने कार्यालयमा ठुलो मात्रमा बजेट होला भन्ने आफुमा भान भएको बताउँदै सार्वजानिक कार्यक्रम हेर्दा हात खुट्टा बाधेर दौडी भने जस्तो भएको बताउँनुभयो । उहाँले भन्नुभयो, “५ जिल्ला हेर्ने कार्यालयलाई संघीय र प्रदेश सरकारबाट प्राप्त कार्यक्रमको बजेट हेर्दा लाग्यो, यति बजेटका कार्यक्रम त एउँटा महानगरपालिकाको वडा पनि हुन्छ ।” वि.कले प्रदेश सरकारले टुक्रे योजना लिएर प्रदेश सरकारकै बदनाम गरिहेको आरोप लगाउँनुभयो । उहाँले सार्वजनिक गरिएका कार्यक्रमहरु संचालन गर्न सवै पक्षसंग आफुले समन्वयात्मक भुमिका खेल्ने पनि प्रतिवद्धता जनाउँनुभयो ।

कार्यक्रममा जनप्रतिनिधी, सरकारी कार्यालयका प्रमुख, पत्रकार लगायतको उपस्थिति रहेको थियो । कार्यालय प्रमख दिवाकर पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत भूसंरक्षण अधिकृत शभ्मुकुमार मिश्रले र संचालन कार्यालयका अधिकृत भिम प्रसाद अर्यालले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज