25.1 C
Kathmandu
Saturday, July 27, 2024

झापामा डुबेर दुई जना बालबालिकाको ज्यान गयाे

झापा – झापाको शिवसताक्षी नगरपालिका–९ मा रहेकाे कन्काई नहरमा पौडी खेल्न गएका दुई जना बालबालिकाको हिजाे डुबेर ज्यान गएकाे छ  ।

शिवसताक्षी–९ आइतबारेकी ११ वर्षीया एञ्जिला सुनदास र त्यही ठाउँका १२ वर्षीय सिकुम राईको डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले जानकारी दिनुभयो ।

हिजाे बेलुका पौडी खेल्न घरबाट हिँडेका उनीहरु अबेरसम्म नफर्किएपछि परिवारले खोजी सुरु गरेका थिए । यस क्रममा शिवसताक्षी–९ काे कन्काई सिँचाइ नहरको डिलमा उनीहरुले लगाएको कपडा र चप्पल फेला परेको थियो ।

इलाका प्रहरी कार्यालय झिलझिले, अस्थायी प्रहरी पोस्ट माइधार र स्थानीयवासीले खोजी गर्ने क्रममा गए राति शिवसताक्षी–७ सताक्षी खोलामा दुवै जना डुबेको अवस्थामा फेला परेको प्रवक्ता थापाले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज