28.1 C
Kathmandu
Saturday, July 27, 2024

गुल्मीको सिमिचौरमा ट्रक दुर्घटना हुँदा चालकको ज्यान गयो

गुल्मी – गुल्मीको सिमिचौरमा ट्रक दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।

रेसुङ्गा नगरपालिका–१० सिमिचौरमा लु १ ख १८६६ नम्बरको ट्रक दुर्घटना हुँदा गुल्मीदरबार गाउँपालिका–३ का ३७ वर्षीय ट्रक चालक रनबहादुर ढेङ्गाको ज्यान गएको प्रहरीले जनाएको छ ।

सडक भासिएपछि ट्रक दुर्घटना भएको र चालकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिनुभयो ।

ट्रकका सहचालक भने जोगिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज