25.1 C
Kathmandu
Saturday, July 27, 2024

देशभरका साना नदी तथा खोलामा तीन दिनसम्मै बाढीकाे जोखिम

काठमाण्डाै – बाढी पूर्वानुमान महाशाखाले अबको तीन दिन मुख्य नदीमा पानीको बहाव बढ्न सक्ने तर सतर्कता तहभन्दा तलै रहने जनाएको छ । तर साना नदी तथा खोलामा बाढीको जोखिम छ ।

आज बिहानको मापन अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीमा बहाव केही बढेको छ ।

आज झापा, मोरङ, सुनसरी, सप्तरी, कास्की, लमजुङ, गोरखा, नवलपरासी, पाल्पा, अर्घाखाँची, प्युठान, कपिलवस्तु, दाङ र आसपास भइ बहने केही साना नदीमा बहाव बढ्ने र आकस्मिक बाढी आउनसक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै भोलि प्रदेश-१, मधेस प्रदेश, सुदूरपश्चिमका पहाडी क्षेत्रमा केही साना नदीमा बहाव बढ्न सक्ने पूर्वानुमान छ । पर्सि पनि प्रदेश-१ र मधेस प्रदेशको तराई तथा चुरे भाग भएर बहने साना केही नदीहरुमा बहाव बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज