28.1 C
Kathmandu
Saturday, July 27, 2024

पर्वतको लेकफाँट र शालिजामा गाउँमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

पर्वत पर्वतको जलजला गाउँपालिका–५ लेकफाँट र वडा नम्बर ६ शालिजामा गाउँमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ ।
गाउँपालिकाको व्यवस्थापन, वडा कार्यालय र लेकफाँट प्रहरी चौकीसँग समन्वय गरेर राष्ट्रिय वाणिज्य बैंकको बेनी शाखाले आर्थिक वर्ष २०७८ र ७९ को अन्तिम चौमासिकको सामाजिक सुरक्षा भत्ता वडामै पुगे वितरण गरेका हुन् ।
यसअघि गाउँपालिकाले बैंक खातामा पठाउने भत्ता बुझ्न लाभग्राहीहरु म्याग्दीको बेनी स्थित बाणिज्य बैंकको शाखा कार्यालयमा आउने गरेका थिए । गाउँमै भत्ता पाउँदा लाभग्राहीहरुको बेनी आउने जाने खर्च र समयको बचत हुनुका साथै सहज भएको छ ।
वाणिज्य बैंकको बेनी शाखाका प्रबन्धक नवराज ढुंगाना सहित कर्मचारहिरुको टोली भत्ता वितरणका लागि लेकफाँट र शालिजा जानुभएको थियो । साउन ७ गते लेकफाँट र शालिजा स्थित वडा कार्यालय परिसरमा सामाजिक सुरक्षा भत्ता वितरण गरिएको थियो ।
लेकफाँटका १६५ र शालिजाका १४४ जना लाभग्राहीलाई रु। ३० लाख पचास हजार ३०० सामाजिक सुरक्षा भत्ता गाउँमै वितरण गरिएको जलजला–६ का वडा सचिव भेषनाथ आचार्यले जानकारी दिनुभयो ।
लेकफाँटका वडा अध्यक्ष तिलक जिसी, सालिजाका वडा अध्यक्ष बलबहादुर पुर्जा पुन लगायत जनप्रतिनिधी, वडा सचिव, कर्मचारी र लेकफाँट प्रहरी चौकीका सुरक्षाकर्मीले भत्ता वितरणमा सहजिकरण गर्नुभएको थियो ।
सरकारले ७० वर्ष माथिका जेष्ठ, ६० वर्ष माथिका दलित जेष्ठ, एकल र विधवा महिला, पूर्ण अपाङ्ग तथा अति शशक्त र ५ वर्ष मुनिका दलित बालबालिकालाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउदै आएको छ ।
जलजलाका अध्यक्ष राजप्रसाद आचार्यले वडाबाट सामाजिक सुरक्षा भत्ता वितरणका लागि गाउँपालिकाले यातायात व्यवस्थापन, वडा र प्रहरीसँग समन्वय गरेको बताउनुभयो । ९ वटा वडा रहेको जलजला गाउँपालिकामा बाणिज्य बैंक, एनआइसी एसिया र नेपाल इन्भेष्टमेन्ट बैंककले सामाजिक सुरक्षा भत्ता वितरणको जिम्मेवारी लिएका छन् ।
गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्यले अन्य वडाका लाभग्राहीहरुलाई पनि वडामै सामाजिक सुरक्षा भत्ता वितरणको व्यवस्था मिलाउन बैंकसँग समन्वय र पहल गरिएको बताउनुभयो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज